चुरे संरक्षणका लागि नयाँ संगठन, आन्दोलनको चेतावनी
सारांश
- चुरे तथा वनजंगल संरक्षणका लागि ‘जेडयुथ फर नेचर’ नामक नयाँ संगठन गठन गरिएको छ।
- संगठनले सरकारको असंवेदनशीलता, भ्रष्टाचार र कुशासनको विरोध गर्दै राजनीतिक मागहरू राखेको छ।
- संगठनले चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न र प्राकृतिक स्रोतको दोहन रोक्न माग गरेको छ।
जनकपुरधाम । चुरे तथा वनजंगल संरक्षण अभियान अन्तर्गत नयाँ संगठन गठन गरिएको छ । 'जेडयुथ फर नेचर' नाम दिइएको संगठनमा सम्पूर्ण व्यक्ति सदस्य रहने व्यवस्था गरिएको छ भने विभिन्न कार्यक्रमका लागि संयोजक मात्र तोकिने प्रावधान गरिएको छ ।
शनिबार जनकपुरधामको नेपाल पत्रकार महासंघ धनुषाको कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गर्दै संगठनले देशको वर्तमान अवस्थामा चुरे तथा वनजंगल संरक्षणसम्बन्धी मुद्दाप्रति सरकारले देखाएको असंवेदनशीलता, भ्रष्टाचार र कुशासनका कारण युवाहरूमा गहिरो असन्तोष उत्पन्न भएको जनाएको छ ।
यस्तै, विगतमा पटक–पटक उठाइएका मागहरूप्रति सम्बद्ध निकायले ध्यान नदिएको गुनासो गर्दै संगठनले प्रदेशमा अन्तरिम सरकार गठन गरी सानो मन्त्रीपरिषद् विस्तार गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्नुपर्ने, स्थानीय तहको निर्वाचन गैर–दलीय आधारमा हुनुपर्ने जस्ता राजनीतिक मागहरू अघि सारेको छ ।
यसबाहेक, संगठनले चुरे–भावर क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न, प्राकृतिक स्रोत–साधनको दोहन तत्काल रोक्न, चुरे क्षेत्रका नदीहरूमा चरणबद्ध रूपमा चेक ड्याम निर्माण गर्न र चुरे वनजंगलको संरक्षणका लागि विशेष फोर्स गठन गरी त्यसलाई डिभिजन वन कार्यालय अन्तर्गत राख्नुपर्ने आवश्यकता औँल्याएको छ ।
मागहरू चाँडोभन्दा चाँडो सम्बोधन नगरिएमा आफूहरू भ्रष्टतन्त्रविरुद्ध प्रतिकार आन्दोलनमा उत्रन बाध्य हुने संगठनले चेतावनी दिएको छ । साथै, जेन जी पुस्ताले उठाएका सम्पूर्ण जायज मागहरूलाई समर्थन गर्ने निर्णय गरिएको स्पष्ट पारेको छ । सो अवसरमा २३ र २४ गते शहादत प्राप्त गरेका युवा विद्यार्थीहरूलाई श्रद्धाञ्जली समेत अर्पण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण