जाजरकोटका दीपक भए ‘पब्लिक स्पिच नेपाल’को विजेता
सारांश
- जाजरकोटका दीपक राउत 'पब्लिक स्पिच नेपाल' को दोस्रो संस्करणको विजेता बनेका छन्।
- मेलिशा कार्की दोस्रो र दीपक परियार तेस्रो स्थान हासिल गर्दै क्रमशः रु ३० हजार र रु २० हजारबाट पुरस्कृत भए।
- प्रतियोगितामा भ्रष्टाचार नियन्त्रण, बौद्धिक पलायन लगायतका विषयमा धारणा प्रस्तुत गरिएको थियो।
काठमाडौँ । जाजरकोटका १९ वर्षीय दीपक राउत ‘पब्लिक स्पिच नेपाल’ को दोस्रो संस्करणको विजेता बनेका छन् । आज यहाँ आयोजित प्रतियोगिताको अन्तिम चरणको कार्यक्रममा विजयी हुँदै उनले ट्रफीसहित रु ५० हजारबाट पुरस्कृत भएका छन् ।
बागेश्वरी असल शासन क्लब (बास नेपाल) को आयोजनामा भएको प्रतियोगितामा मेलिशा कार्की द्वितीय भएकी छन् भने दीपक परियार तृतीय भए । उनीहरू क्रमशः रु ३० हजार र रु २० हजारसहित पुरस्कृत भए ।
यसैगरी, रु २० हजारसहित उमा कार्कीले ‘पब्लिक च्वाइस अवार्ड’ प्राप्त गरिन् । प्रोत्साहन पुरस्कार प्रार्थना अधिकारी र सान्त्वना पुरस्कार तोरिशा भण्डारीले प्राप्त गरेका छन् ।
प्रतियोगीहरूले भ्रष्टाचार नियन्त्रण, बौद्धिक पलायन, अपाङ्गता, समावेशिता र प्राकृतिक संरक्षणलगायत विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, ‘मोटिभेसनल स्पिकर’ डा.ताराप्रसाद गिरी र वरिष्ठ सञ्चारकर्मी बबिता बस्नेत रहेका बास नेपालका अध्यक्ष नमस्कार शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण