सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

आमिर र राम गोपाल वर्मा फेरि एकसाथ, लामो समयदेखि कटुता अन्त्य भएको संकेत

शनिबार, ०४ असोज २०८२, १७ : ५९
शनिबार, ०४ असोज २०८२

काठमाडौँ । बलिउडका चर्चित निर्माता तथा निर्देशक राम गोपाल वर्माले सुपरस्टार आमिर खानसँग मिलेर फिल्म 'रंगीला' बनाएका थिए । हालै यो फिल्म रिलिज भएको ३० वर्ष पुगेको अवसरमा यसलाई फोके भर्सनमा पुनः प्रदर्शन गरिएको थियो । यसैबिच राम गोपाल वर्माले आमिर खानसँगको एक तस्बिर सामाजिक सञ्जालमा साझा सेयर गरेका छन् । यसपछि दुईबिच लामो समयदेखि रहेको मनमुटाव अब समाप्त भएको अनुमान गरिएको छ । 

वर्माले आफ्नो एक्समा अकाउन्टमा आमिर खानसँगको एउटा तस्बिर सेयर गरेका हुन् । उक्त तस्बिरमा आमिर र वर्माले सँगै पोज दिइरहेका देखिन्छन् । आमिरले पहेँलो रङ्गको कुर्ता लगाएका छन् भने वर्मा कालो ज्याकेटमा छन् । दुवै क्यामेरातिर हेरेर मुस्कुराइरहेका छन् । यस तस्बिरले क्याप्सनमा वर्माले लेखेका छन्, – मेरा रंगीला स्टारसँग ।

यो तस्बिर सामाजिक सञ्जालमा द्रुत गतिमा भाइरल भएको छ । दुई जनाले फेरि सँगै काम गर्ने अनुमान लगाउन थालिएको छ । धेरै प्रशंसकहरूले 'रंगीला २' को माग गर्दै टिप्पणीमा लेखेका छन्, 'केही राम्रो र ठुलो आउँदै छ ।' 

आमिर र वर्माको पहिलो तथा अन्तिम फिल्म 'रंगीला' नै थियो । त्यसपछि दुवैले कहिल्यै सँगै काम गरेनन् । एक अन्तर्वार्तामा निर्देशक वर्माले आमिरबारे भनेका थिए,–रंगीलामा एक वेटरले आमिर खानभन्दा राम्रो प्रदर्शन गरेका छन् ।'

मानिसहरूले यसलाई आमिरको अभिनयको आलोचना मानेका थिए र यस कुराले उनलाई धेरै चोट पुर्‍याएको थियो । यद्यपि, निर्देशकले आफ्नो जवाफमा उनले आमिरको आलोचना नगरेको, बरु उनको भनाइ प्राविधिक अवलोकनमा आधारित रहेको पनि बताएका थिए । तर, यो बयानपछि दुई जना आ-आफ्नो बाटो लागेका थिए । 

केही समयअघि आफ्नो फिल्म 'सितारे जमिन पर'को क्रममा आमिरलाई वर्मा र उनीबिच के गल्ती भयो भनेर सोधिएको थियो । यसमा अभिनेताले भनेका थिए, 'राम गोपाल वर्मा र मेरो बिचमा कहिल्यै मित्रता थिएन र म निश्चित छु कि म उनलाई एक निर्देशकको रूपमा सम्झनेछु ।'

यो भेटले भने दुईबिचको मनमुटाव समाप्त भएको विश्वास गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप