खुल्न सकेन मुग्लिन–नारायणगढ सडक, आजका लागि पहिरो हटाउने काम स्थगित
सारांश
- मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ।
- पहिरोका कारण सडक डिभिजनले आज काम स्थगित गरेको छ र भोलि बिहानै पुनः सुरु गर्ने जनाएको छ।
- यात्रुहरूलाई सुरक्षित रहन र सडकमा रोकिएका सवारीसाधनलाई लेन अनुशासनमा राख्न अनुरोध गरिएको छ।
चितवन । हिजो साँझदेखि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । तुईन खोला पुल नजिक झरेको पहिरो अझै नरोकिएकाले पहिरो हटाउन नसकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
कार्यालयका अनुसार, हिजो साँझ करिब ६:३० बजेबाट निरन्तर पहिरो खसिरहेको छ। 'हामीसँग चारवटा लोडर र दुईवटा एक्साभेटर परिचालन गरिएको छ, तर माथिबाट ढुंगा खसिरहेकाले काम निरन्तर गर्न सकिएको छैन,' डिभिजनले शनिबार साँझ जानकारी दिएको छ।
आज दिनभर पहिरो पन्छाउने प्रयास गर्दा पनि जोखिम कायमै रहेकाले आजका लागि काम स्थगित गरिएको कार्यालयले छ। पहिरो पन्छाउने क्रममा ठुला ढुंगाहरू खस्दा एक्साभेटर चालक दुर्घटनाबाट जोगिएको पनि डिभिजनले जनाएको छ।
रातिको समयमा काम गर्न असुरक्षित हुने भएकाले भोलि बिहानै करिब ४ बजेदेखि पुनः पहिरो हटाउने कार्य सुरु गरिने भएको छ। यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न र सडकमा अड्किएका सवारीसाधनलाई लेन अनुशासनमा राख्न कार्यालयले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण