बङ्गलादेशसँग श्रीलङ्का ४ विकेटले पराजित
सारांश
- एसिया कप क्रिकेटमा बङ्गलादेशले श्रीलङ्कालाई ४ विकेटले पराजित गरेको छ।
- श्रीलङ्काले दिएको १६८ रनको लक्ष्यलाई बङ्गलादेशले अन्तिम ओभरमा पूरा गर्यो।
- मुस्ताफिजुर रहमानले ३ विकेट लिए भने सैफ हसन र तौहीद हृदयोले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे।
दुबई । एसिया कप क्रिकेटअन्तर्गत रोमाञ्चक खेलमा बङ्गलादेशले श्रीलङ्कालाई ४ विकेटले पराजित गर्दै महत्त्वपूर्ण जित हात पारेको छ।
पहिले ब्याटिङ गरेको श्रीलङ्काले कप्तान दासुन शानाकाको अविजित अर्धशतकको बलमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रनको योगफल खडा गरेको थियो। शानाकाले ३७ बलमा ६४ रन प्रहार गर्दै टिमलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्याएका थिए। श्रीलङ्काका लागि अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसके पनि सुरुवाती ४४ रनको साझेदारीले आधार तयार गरेको थियो।
बलिङतर्फ बङ्गलादेशका मुस्ताफिजुर रहमान उत्कृष्ट बने। उनले ४ ओभरमा २० रन खर्चिँदै ३ विकेट झारे भने माहीदी हसनले २ विकेट लिए।
जवाफी ब्याटिङमा बङ्गलादेशका लागि सैफ हसनले ४५ बलमा ६१ रन र तौहीद हृदयोले ३७ बलमा ५८ रनको आक्रामक पारी खेले। लिटन दासले पनि २३ रनको योगदान गरे। अन्त्यतिर लगातार विकेट गुमाए पनि शमिम हसन र नसुम अहमदले सम्हालेर टिमलाई जितसम्म पुर्याए।
यस जितसँगै बङ्गलादेशले प्रतियोगितामा आफ्नो सम्भावना जोगाएको छ भने श्रीलङ्काको यात्रा कठिन बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण