अनाहक संसद् विघटन गरियो, संविधानभित्रबाट गरिएको परिवर्तन नै दिगो र दरिलो हुन्छ : मिश्र
काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा.विजयप्रसाद मिश्रले अनाहक संसद् विघटन गरिएको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले संसद् विघटन गर्न नहुने समेत बताए ।
परिवर्तन आवश्यक थियो र परिवर्तन संविधानभित्रबाट गर्दा दिगो र दरिलो हुनेमा उनले जोड दिए ।
ताजा जनादेश पनि संविधानको चौकिल्लाभित्र बसेर, संविधानको धाराभित्र गएर गर्नुपर्ने बताए । आन्दोलनले कुनै संविधान, कानुन नमान्ने भएपनि आन्दोलनको उपलब्धि जगेर्ना गर्नका लागि विधिसम्मत रूपले संविधान र कानुनमा बाँधिनुपर्ने बताए । नत्र वैधता प्राप्त गर्न नसक्ने उनको भनाइ छ ।
उनले भने, ‘संसद् विघटन भएपछि धेरैले आफ्ना कुराहरु राख्नुभयो । नेपाल बार एशोसिएशनले पनि १ बजे राति आफ्नो विज्ञप्ति निकाल्यो । यो संसद् अनाहक विघटन गर्नुहुने थिएन । परिवर्तन आवश्यक थियो, परिवर्तन संविधानभित्रबाट गर्दा दिगो र दरिलो हुन्छ । मुलुकका शक्तिहरू जो हामी मानि आएका छौँ, ती शक्तिहरू चुनिन्छन् । पूर्व भए भन्दा फ्रेस म्यान्डेट आवश्यक पर्दछ । फ्रेस म्यान्डेट पनि संविधानको चौकिल्लाभित्र बसेर, संविधानको धाराभित्र गएर गर्नुपर्छ भनेर वक्तव्य जारी गरेका थियौँ । आन्दोलनले कुनै संविधान, कानुन मान्दैन तर आन्दोलनको उपलब्धि जगेर्ना गर्नका लागि विधिसम्मत रूपले संविधान र कानुनमा बाँध्नुपर्दछ । नत्र वैधता प्राप्त गर्न सक्दैन ।’
उनले फागुन २१ गते नै निर्वाचन हुनेमा बार विश्वस्त रहेको बताए । अहिलेको संसद् निन्द्राको अवस्थामा गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण