एससीटी-युनियनपे कार्ड प्रयोगकर्तालाई बिगमार्टमा छुट
सोमबार, ०६ असोज २०८२, ०६ : ११
सारांश
- स्मार्ट च्वाइस टेक्नोलोजीजले दशैं, तिहार र छठको अवसरमा बिगमार्टसँगको सहकार्यमा अफर ल्याएको छ।
- यो अफर अन्तर्गत एससीटी-युनियनपे कार्ड प्रयोग गर्दा बिगमार्टमा १०% छुट पाइनेछ, अधिकतम रु १०० सम्म।
- अफर घटस्थापनादेखि छठसम्म लागू हुनेछ, जसको मुख्य उद्देश्य नगदरहित कारोबारलाई बढावा दिनु हो।
काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) ले दशैं, तिहार र छठको अवसर पारेर बिगमार्टसँगको सहकार्यमा 'सेलिब्रेसन विथ एससीटी' अफर सुरु गरेको छ। यो अफर असोज ६ गते घटस्थापनादेखि कार्तिक १० गते छठसम्म लागू हुनेछ।
यस अफरअन्तर्गत ग्राहकहरूले देशभरिका बिगमार्टका १२० भन्दा बढी शाखाहरूमा एससीटी-युनियनपे कार्ड प्रयोग गरी भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्नेछन्। एक पटकको भुक्तानीमा अधिकतम रु १०० छुट पाइनेछ। यो सुविधा लिनका लागि पीओएस मेसिनबाटै भुक्तानी गर्नुपर्नेछ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी-युनियनपे कार्ड जारी गर्दै आएको छ। यस अफरको मुख्य उद्देश्य कार्डको प्रयोगलाई बढावा दिनु र नगदरहित कारोबारलाई प्रोत्साहन गर्नु रहेको कम्पनीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण