इजरायललाई बेलायतले दियो यस्तो चेतावनी
सारांश
- बेलायतले प्यालेष्टाइनलाई आधिकारिक रूपमा राज्यको मान्यता दिएको छ।
- इजरायलका प्रधानमन्त्री नेतन्याहुले यसको विरोध गरे, तर बेलायती विदेशमन्त्रीले वेस्ट बैंकलाई नअलग्याउन चेतावनी दिइन्।
- कपूरले संयुक्त राष्ट्रसङ्घको सम्मेलनमा यसबारे बोलेकी थिइन्, जसमा फ्रान्सलगायत अन्य युरोपेली देशहरूले पनि यस्तै कदम चाल्ने तयारी गरेका छन्।
लन्डन । बेलायतले हालै प्यालेष्टाइनलाई आधिकारिक रूपमै राज्यको मान्यता दिएको छ । बेलायतबाहेक क्यानडा र अस्ट्रेलियाले पनि प्यालेष्टाइनलाई राज्यको मान्यता दिएका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यो निर्णयको जवाफ दिने भनेर बताइरहेकै बेला बेलायती विदेश मन्त्री युभ्ट्टे कपूरले बेलायतले प्यालेष्टाइनलाई राज्यको मान्यता दिएको प्रतिकारमा वेष्ट बैंकका हिस्साहरूलाई नअलग्याउन इजरायललाई चेतावनी दिएकी छिन् ।
सोमबार न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको सम्मेलनमा भाग लिनुअघि बीबीसीसँग बोल्ने क्रममा कपूरले साे चेतावनी दिएकी हुन् । सम्मेलनमा फ्रान्ससमेत अन्य केही युरोपेली देशहरूले पनि यस्तै कदमको घोषणा गर्दैछन् ।
आइतबार बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले प्यालेष्टाइनलाई राज्यको रूपमा मान्यता दिएका थिए । सो कदमको आलोचना गर्दै नेतन्याहुले यो आतङ्कवादका लागि निकै ठुलो सम्मान हुने बताएका थिए । आफूले इजरायली समकक्षीलाई वेष्ट बैंककलाई नटुक्र्याउन चेतावनी दिएको पनि कपूरले भनिन् ।
आफूहरूले इजरायल र प्यालेष्टिनीहरूको सुरक्षाका सम्मान गर्न सबैभन्दा उत्तम उपायका रूपमा यी कदमहरू चालिरहेको पनि कपूरले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण