नारायणगढ–मुग्लिन सडक आज १ देखि ३ बजेसम्म बन्द गरिने
सोमबार, ०६ असोज २०८२, १३ : ००
सारांश
- नारायणगढ-मुग्लिन सडक खण्ड दिउँसो १ देखि ३ बजेसम्म बन्द गरिनेछ।
- तुइन खोलामा गएको पहिरो पन्छाउन सडक बन्द गरी दुईतर्फी सञ्चालनमा ल्याइनेछ।
- पहिरोका कारण अलपत्र परेका यात्रुलाई खाद्यान्न र स्वास्थ्य सुविधा प्रदान गरियो।
चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड आज दिउँसो १ देखि ३ बजेसम्म बन्द गरिने भएको छ । यस सडक खण्डको तुइन खोलामा गएको पहिरो पूर्ण रूपमा पन्छाउनका लागि दिउँसो सडक बन्द गर्न लागिएको हो ।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार एकतर्फी सञ्चालनमा रहेको सडक दिउँसो बन्द गरेर सफाइ गरेसँगै दुईतर्फी सञ्चालनमा ल्याउन सकिने छ ।
इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा पहिरो खस्दा गत शुक्रबारदेखि सडक अवरुद्ध भएको थियो । आइतबार साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको भए पनि रातको समयमा सडक बन्द गरिएको थियो ।
पहिरोका कारण सडक रोकिएपछि अलपत्र परेका यात्रुहरूलाई जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा खाद्यान्न वितरण र स्वास्थ्य परीक्षण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण