आफ्ना दुई सन्तानको हत्या गरेको आरोपमा आमा दोषी ठहर
मङ्गलबार, ०७ असोज २०८२, ०९ : ४३
सारांश
- न्यूजील्याण्डमा एक आमालाई आफ्ना दुई छोराछोरीको हत्यामा दोषी ठहर गरिएको छ।
- अकल्यान्ड उच्च अदालतले हाक्युङ लीलाई हत्याको अभियोगमा दोषी ठहर गरेको हो।
- उनलाई आजीवन कारावासको सजाय हुन सक्ने सम्भावना रहेको छ।
अकल्यान्ड । न्युजिल्याण्डमा एक आमालाई आफ्ना दुई छोराछोरीको हत्या गरेर उनीहरूको शव सुटकेसमा लुकाएको आरोपमा दोषी ठहर गरिएको छ। यो घटनाले देशलाई नै स्तब्ध बनाएको थियो।
४४ वर्षीया हाक्युङ लीलाई अकल्यान्ड उच्च अदालतले मंगलबार हत्याको अभियोगमा दोषी ठहर गरेको हो। एएफपी समाचार एजेन्सीका अनुसार, उनलाई आजीवन कारावासको सजाय हुन सक्छ।
हाक्युङका वकिलहरूले उनको पतिको मृत्यु भएको केही महिनापछि भएको उक्त हत्याकाण्डका बेला उनी मानसिक रूपमा विक्षिप्त रहेको तर्क गरेका थिए।तर, अभियोजन पक्षले भने उनको कार्य योजनाबद्ध र सुनियोजित रहेको तर्क प्रस्तुत गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण