बोल्सोनारोलाई जेल सजाय सुनाउने न्यायाधीशकी पत्नीलाई अमेरिकाले लगायो प्रतिबन्ध
सारांश
- अमेरिकाले ब्राजिलका सर्वोच्च अदालतका न्यायाधीशकी श्रीमतीमाथि प्रतिबन्ध लगाएको छ, जसले पूर्व राष्ट्रपतिको विरुद्ध अनुसन्धान गरेका थिए।
- ट्रम्प प्रशासनले ब्राजिलका महान्यायाधिवक्ताको भिसा रद्द गर्यो, जसले निर्णयको आलोचना गरेका थिए।
- अमेरिकी विदेश मन्त्रालयले न्यायाधीश डे मोराइसले आफ्नो पदको दुरुपयोग गरेको आरोप लगाएको छ।
वासिङ्टन डीसी । अमेरिकाले ब्राजिलका सर्वोच्च अदालतका न्यायाधीशकी श्रीमतीमाथि प्रतिबन्ध लगाएको छ । यी न्यायधीशले ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारो विरुद्धको कूको षड्यन्त्रको अनुसन्धान गरेका थिए ।
बोल्सोनारोलाई यसै महिना २७ वर्षको जेल सजाय सुनाइएको थियो । ट्रम्प प्रशासनले ब्राजिलका महान्यायाधिवक्ता जर्ज मेसियासको अमेरिकी भिसा पनि रद्द गरेको छ, जसले सामाजिक सञ्जालमा उक्त निर्णयको आलोचना गरेका थिए ।
न्यायाधीश अलेक्जान्ड्रे डे मोराइसकी श्रीमती भिभियान बार्सी डे मोराइसलाई अमेरिकी ग्लोबल म्याग्निटस्की ऐन अन्तर्गत प्रतिबन्ध लगाइएको छ, जुन सामान्यतया मानव अधिकार दुरुपयोगकर्ताहरू विरुद्ध प्रयोग हुने कानुन हो । बोल्सोनारो विरुद्धको अनुसन्धानको निरीक्षण गरेका कारण न्यायाधीश डे मोराइस आफैँलाई पहिले पनि यस कानुन अन्तर्गत लक्षित गरिएको थियो ।
ब्राजिल विरुद्ध ट्रम्प प्रशासनले गरेको कारबाहीको शृङ्खलामा यो पछिल्लो घटना हो । यसअघि ब्राजिलका धेरै अधिकारीहरूमाथि प्रतिबन्ध लगाइएको थियो भने देशमा हुने अमेरिकी निर्यातमा ५० प्रतिशतसम्म कर बढाइएको थियो । स्थानीय मिडिया रिपोर्टहरूका अनुसार, सर्वोच्च अदालतका न्यायाधीश मोराइससँग काम गर्ने धेरै अन्य न्यायाधीशहरूको अमेरिकी भिसा पनि रद्द गरिएको छ । तर, न्यायाधीशहरूले व्यक्तिगत रूपमा यसको पुष्टि गरेका छैनन् । मोराइस परिवारको एक होल्डिङ कम्पनीलाई पनि म्याग्निट्स्की ऐन अन्तर्गत मुद्दा चलाइएको छ ।
ब्राजिलका संस्थाहरू बलियो र स्थिर छन् र ट्रम्प प्रशासनको आक्रमणबाट प्रभावित हुने छैनन् भनेर न्यायाधीश डे मोराइसले एक विज्ञप्तिमा भनेका छन् । आफ्नी श्रीमतीमाथि लगाइएका प्रतिबन्धहरू अन्तर्राष्ट्रिय कानुन, ब्राजिलको सार्वभौमसत्ता र न्यायपालिकाको स्वतन्त्रतामाथि आक्रमण भएको पनि उनले बताए ।
न्यायाधीश डे मोराइसले अदालतलाई राजनीतिक हतियारमा परिणत गरेर, मुद्दा बिना नै गिरफ्तारीको आदेश दिएको, अभिव्यक्ति स्वतन्त्रतालाई दबाएर आफ्नो पदको दुरुपयोग गरेको अमेरिकी विदेश मन्त्रालयले भनेको छ । ‘यी प्रतिबन्धहरू ट्रम्प प्रशासनले न्यायमूर्ति मोराइसलाई उनको अधिकारको दुरुपयोग, राजनीतिक प्रतिद्वन्द्वीहरूलाई लक्षित गर्ने र गम्भीर मानवअधिकार उल्लङ्घनको लागि जवाफदेही बनाउन चालेका कदमहरूको शृङ्खलाको अंश हुन्’ विज्ञप्तिमा मन्त्रालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण