बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

क्षतिग्रस्त क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको अनुगमन  जारी

मङ्गलबार, ०७ असोज २०८२, ११ : ५४
मङ्गलबार, ०७ असोज २०८२

सारांश

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनबाट प्रभावित कार्यालयहरूको अनुगमन गरेका छन्।
  • मुख्यमन्त्री आचार्यले बाँके जिल्लाका सरकारी कार्यालय र पार्टी कार्यालयहरूको अनुगमन गरे, यसअघि अन्य जिल्लाको पनि अनुगमन गरेका थिए।
  • आचार्यले जेनजी आन्दोलनको नाममा भएको क्षतिबारे चिन्ता व्यक्त गर्दै अत्यावश्यक सेवा सुचारु गर्ने बताए।

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनका कारण आगजनीमा परेर प्रभावित भएका कार्यालयहरूको अनुगमनलाई  विभिन्न जिल्लाबाट  जारी राखेका छन् । 

 मुख्यमन्त्री आचार्यले बाँके जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरूको आज  अनुगमन गरेका छन् । यसअघि अर्घाखाँची, प्युठान र दाङ जिल्लाका प्रभावित कार्यालयहरूको पनि अनुगमन गरिसकेका थिए । उनले अन्य जिल्लाका पनि अनुगमन पुग्ने मुख्यमन्त्रीको योजना रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार  दशरथ घिमिरेले रातोपाटीलाई बताए । 

अनुगमनका क्रममा बाँकेकामा  आचार्यले अत्यावश्यक सेवा नरोकिने बताए । कतिपय अत्यावश्यक कार्यालयहरूको सेवा सञ्चालनका लागि सहयोगको कार्य पनि अगाडि बढाइरहेको बताए । उनले  जेनजी आन्दोलनको नाममा भएको घुसपैठले बाँके क्षेत्रका सरकारी संरचना ध्वस्त पार्ने काम भएको छ । 

जेनजी आन्दोलनको नाममा प्रदेशभर दुई सय बढी कार्यालयमा क्षति पुगेको छ । प्रदेशमा करिब दुई खर्बभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ । धेरै कार्यालयमा सेवा प्रवाह गर्न कठिन रहेको र टेन्ट टाँगेर भए पनि सेवा प्रवाह गर्ने गरी व्यवस्था मिलाइएको जानकारी मुख्यमन्त्री आचार्यले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप