जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
मङ्गलबार, ०७ असोज २०८२, १२ : १३
सारांश
- रौतहटमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्।
- मौलापुर नगरपालिका-९ सोनारनियास्थित एक घरमा छापा मार्दा उनीहरू पक्राउ परेका हुन्।
- प्रहरीले उनीहरूको साथबाट नगद र तास बरामद गरेको छ र थप अनुसन्धान भइरहेको छ।
रौतहट । रौतहटमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । मौलापुर नगरपालिका-९ सोनारनियास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २५ वर्षीय महेश मुखिया समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ५४ हजार ६ सय ७५ नेपाली रुपैयाँ, ३ हजार ५ सय भारतीय रुपैयाँ र तास ५ बुक बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण