एक हजार रुपैयाँ नदिएको झोकमा भाउजूमाथि एसिड प्रहार
सारांश
- विराटनगरमा देवरले भाउजूलाई एक हजार रुपैयाँ नदिएको निहुँमा एसिड प्रहार गरे।
- घाइते रागिनी देवी साहको न्यूरो अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था सुधारोन्मुख छ।
- घटनाको कारण पैसाको लेनदेन र सोही विषयमा भएको विवाद रहेको पारिवारिक स्रोतले जनाएको छ।
विराटनगर । एक हजार रुपैयाँ नदिएको निहुँमा विराटनगर महानगरपालिका–९ धोबियारीमा एक देवरले आफ्नै भाउजूमाथि एसिड प्रहार गरेका छन् । सोमबार दिउँसो २५ वर्षीय श्रवण साहले एसिड प्रहार गर्दा २२ वर्षीया भाउजु रागिनी देवी साह गम्भीर घाइते भएकी छिन् ।
विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । पारिवारिक स्रोतका अनुसार, घटनाको मुख्य कारण पैसाको लेनदेन र सोही विषयमा उत्पन्न भएको विवाद थियो ।
पीडितका श्रीमान् सन्तोष साहले भाइ श्रवणले भाउजूसँग तीन हजार रुपैयाँ मागेका थिए । रागिनीले आफूसँग भएको दुई हजार रुपैयाँ दिएकी पनि थिइन् । तर, बाँकी एक हजार रुपैयाँ नपाएको निहुँमा विवाद चर्किएको थियो । घटना हुनुभन्दा केही समयअघि पनि श्रवणले दाजु सन्तोषलाई ज्यान मार्ने धम्की दिएको बताइएको छ ।
सन्तोष आफ्नो घर नजिकै रहेको भाँडाकुँडा पसलमा थिए । त्यही बेला उनकी श्रीमती रागिनीले रुँदै फोन गरेर भाइले आफूमाथि आक्रमण गरेको र तुरुन्त घर आउन आग्रह गरेकी थिइन् ।
एसिड प्रहारपछि श्रवण साह फरार छन् । मोरङ प्रहरीकी प्रवक्ता डिएसपी कोपिला चुडालले घटनाबारे प्रहरीमा जानकारी आएको र एसिड प्रहार गर्ने श्रवण साहको खोजी कार्य तीव्र पारिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण