भू-उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने मन्त्री सिन्हाको निर्णय
सारांश
- मन्त्री अनिलकुमार सिन्हाले भू-उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गरे।
- उनले कित्ताकाट रोकिएका कारण विकासमा समस्या भएको र स्थानीय तहलाई आवश्यक सहजीकरण गर्ने बताए।
- मन्त्री सिन्हाले भूमि बैंक स्थापनाका लागि प्रारम्भिक कदम चाल्ने निर्णय गरे।
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भू-उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । मंगलबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले भूमि सुधारका कार्यक्रम लागू भएपनि अझै पनि केहि समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न भू-उपयोग नियमावली संशोधन गर्ने निर्णयमा हस्ताक्षर गरे ।
कित्ताकाट रोकिएका कारणले विकाससम्बन्धी विषयमा कठिन भएकाले सहजीकरण गर्नका लागि नियमावली संशोधनको आवश्यकता देखिएको उनले बताए । त्यस्तै मन्त्री सिन्हाले स्थानीय तहलाई दिइएको अधिकार पर्याप्त नभएकाले केन्द्रबाट आवश्यक सहजीकरण गर्ने धारणा राखे । उनले भूमि बैंकको स्थापनाका गर्नका लागि प्रारम्भिक कदम चाल्ने निर्णयमा हस्ताक्षर गरिएको जानकारी दिए ।
मन्त्री सिन्हाले जेनजी आन्दोलनका क्रममा भएको आगजनीको घटनामा पनि आफ्नो कर्तव्य पुरा गरेको भन्दै कर्मचारीको प्रशंसा गरे । यसअघि मन्त्री सिन्हाले सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए ।
सिन्हालाई भूमि व्यवस्था, उद्योगका साथै कानुन मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण