सडक अवरुद्ध
वर्षा र बाढीपहिरोका कारण देशभरका ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मङ्गलबार, ०७ असोज २०८२, १३ : ०६
सारांश
- अविरल वर्षाका कारण देशका ६ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
- ६ वटा राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन्, जसले यातायातमा समस्या पारेको छ।
- प्रहरीले सडक खुलाउन प्रयास गरिरहेको र यात्रुहरूलाई सतर्क रहन आग्रह गरेको छ।
काठमाडौँ । अविरल वर्षा र त्यसबाट सिर्जित बाढी तथा पहिरोका कारण देशका ६ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ६ वटा राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन्। नेपाल प्रहरीले आज दिउँसो १२:२० बजेसम्मको अवस्था सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।
पूर्ण रूपमा अवरुद्ध राजमार्गहरू:
- कोशी राजमार्ग: संखुवासभाको भोटखोला गाउँपालिका–५ (वरुण) र मकालु गाउँपालिका–३ (एकुवा) मा अवरुद्ध।
- नेपाल–चीन जोड्ने पुल: रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा बाढीले पुल बगाउँदा नाका अवरुद्ध।
- अरनिको राजमार्ग: सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ (कोदारी) मा पहिरोका कारण अवरुद्ध।
- पृथ्वी राजमार्ग: धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० (बादरेमोड) मा पहिरोले अवरुद्ध।
- नारायणगढ–मुग्लिन सडक: चितवनको इच्छाकामना गाउँपालिका–५ (तुइनखोला) मा पहिरोले पूर्ण रूपमा अवरुद्ध।

एकतर्फी सञ्चालनमा रहेका राजमार्गहरू:
- गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी: रसुवाको उत्तरगया गाउँपालिका–५ (नौबिसे) मा बाढीका कारण एकतर्फी सञ्चालनमा।
- कालीगण्डकी करिडोर: बाग्लुङको कालाखोला र नवलपरासीको गैंडाकोट–३ (तरङ्गखोल) मा पहिरो र बाढीका कारण एकतर्फी सञ्चालनमा।
- पूर्व-पश्चिम राजमार्ग: नवलपरासी पूर्वको विनयी त्रिवेणी नगरपालिका–२ (विश्वकर्मा मन्दिर र ६५ मोड) मा पहिरो र वर्षाका कारण एकतर्फी सञ्चालनमा।
- मध्यपहाडी लोकमार्ग: रुकुम पूर्वको भूमे गाउँपालिका–४ (काँडाबगर) मा पहिरोले एकतर्फी सञ्चालनमा।
प्रहरीले अवरुद्ध सडकहरू खुलाउन आवश्यक प्रयास भइरहेको जनाएको छ। सडकको अवस्थाबारे थप जानकारी प्राप्त भएमा यात्रुहरूलाई सतर्क रहन र वैकल्पिक मार्ग प्रयोग गर्न सल्लाह दिइन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण