कर्णाली सरकारले भन्यो– जेनजी आन्दोलनमा लुटपाट गरिएका सामग्री फिर्ता गरिदिनुहोस्
सुर्खेत । कर्णाली प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा आफ्ना विभिन्न कार्यालय तथा कर्मचारी आवासहरूबाट लुटपाट र चोरी भएका सामग्रीहरू इमानदारीपूर्वक फिर्ता गरिदिन आग्रह गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै उक्त सामग्रीहरू फिर्ता गर्न वा त्यससम्बन्धी जानकारी दिन आह्वान गरेको हो ।
कार्यालयले जारी गरेको सूचनामा उल्लेख भएअनुसार, भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कर्णाली प्रदेशअन्तर्गतका अन्य मन्त्रालय, आयोग, निर्देशनालय, कार्यालय र कर्मचारी आवासहरूमा तोडफोड, आगजनी, चोरी एवं लुटपाट भएको थियो ।
प्रदेश सभा र प्रदेश लेखा नियन्त्रकको कार्यालय जलेर ध्वस्त भएका छन् । यसबाट विभिन्न जिन्सी मालसामानहरू चोरी तथा लुटपाट भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । ती घटनाका सिसिटिभी फुटेज र अन्य भिडियो प्रमाणहरू सुरक्षित रहेको र थप पहिचानको काम भइरहेको सरकारले जनाएको छ ।
यदि कोही कसैले कार्यालय तथा विभिन्न निकायहरूबाट कुनै पनि सामग्री लिएको भए ती सामग्रीहरू सम्बन्धित कार्यालय वा नजिकको प्रहरी कार्यालयमा इमानदारीपूर्वक बुझाइदिन अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण