कोरियामा पक्राउ परिन् ‘होली वाइन’ काण्डकी प्रमुख हान हाक–जा
सारांश
- दक्षिण कोरियामा 'होली वाइन' काण्डकी मुख्य पात्र हान हाक-ज पक्राउ परेकी छिन्, जसलाई राष्ट्रपति पत्नीलाई घुस दिएको आरोप लागेको छ।
- ८२ वर्षीया हान हाक-जले राष्ट्रपति यून सुक यउलकी पत्नीलाई महँगा उपहार दिएको र चर्चको कोषमा घोटाला गरेको आरोप छ।
- हानले चर्चलाई सरकारबाट सहयोग लिन प्रथम महिलालाई घुस दिएको आरोप लागेको छ, तर उनले आरोप अस्वीकार गरेकी छिन्।
सोल । नेपालमा ‘होली वाइन’ काण्डका रुपमा चर्चित प्रकरणकी मुख्य पात्र धर्मप्रचारक संस्था ‘युनिफिकेशन चर्च’की प्रमुख हान हाक–ज पक्राउ परेकी छिन् । दक्षिण कोरियामा राजनीतिक र व्यापारिक फाइदा पाउन राष्ट्रपतिकी पत्नीलाई महँगा उपहार र घुस दिएको आरोप उनी पक्राउ परेको रोयर्टसको खबरलाई उद्धृत गर्दै सीएनएनले समाचार छापेको छ ।
८२ वर्षीया हान हाक–जको नेतृत्वमा रहेको सो संस्थामाथि तात्कालिन राष्ट्रपति यून सुक यउलकी पत्नी किम क्योन हीलाई सनेल ब्रान्डका दुईटा महँगा ब्याग र एउटा हीराको हार दिएको आरोप लागेको छ । ती सामानको मूल्य ८ करोड वन (८२ लाख नेपाली रुपैयाँ) रहेको बताइएको छ । चर्चका कोषहरूमा घोटाला गरेको र विदेशमा जुवा खेलेको आरोपका प्रमाण मेटाउन निर्देशन दिएको आरोप पनि हानमाथि लागेको छ ।
चर्चका संस्थापक सन म्यङ मुनकी पत्नी समेत रहेकी हानले चर्चका पूर्व निर्देशक युन योङ–होसँग मिलेर किम क्योनलाई घूस दिएको भनिएको छ । चर्चलाई सरकारले सहयोग गरोस् भनेर हानले प्रथम महिलालाई घूस खुवाएकी समाचारमा भनिएको छ । तर हानले भने घुस दिएको आरोप बारम्बार खण्डन गर्दै आएकी छिन् । सोमबार सोल अदालतमा उपस्थित हुँदा हान कुनै पनि पत्रकारसँग बोलिनन् ।
सो चर्चसँग जोडिएका एकनाथ ढकालको अगुवाइमा नेपालमा चर्चले बारम्बार विवादास्पद कार्यक्रम आयोजना गरेको थियो । यी कार्यक्रम गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, केपी शर्मा ओलीलगायतका नेता प्रधानमन्त्री भएका बेला आयोजना भएका थिए । केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला २०८० को साउनमा सोल्टी होटलमा भएको कार्यक्रममा होली वाइन खुवाइएको विषय निकै विवादास्पद बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण