इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि, अन्तर्राष्ट्रिय आलोचना
सारांश
- इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक हजार जनालाई मृत्युदण्ड दिइएको छ।
- इरानमा पछिल्लो समय मृत्युदण्डको दर बढेको छ, जसमा विरोध प्रदर्शन र इजरायलसँगको द्वन्द्वको प्रभाव रहेको छ।
- अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया नआएमा इरानमा मृत्युदण्डको संख्या बढ्ने मानवअधिकारकर्मीहरूको भनाइ छ।
पेरिस। इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक हजार जनालाई मृत्युदण्ड दिइएको गैरसरकारी संस्था इरान मानवअधिकार (आइएचआर) ले जानकारी गराएको छ । उक्त संस्थाले यो कार्यलाई ‘भय सिर्जना गर्ने उद्देश्यले गरिँदै आएको सामूहिक मृत्युदण्ड अभियान’ को रूपमा चित्रण गरेको छ ।
गत साता मात्रै ६४ जनालाई फाँसी दिइएको जनाएको छ, जसको औसत दर दैनिक नौभन्दा बढी रहेको छ । यो सङ्ख्या सन् २००८ यता सबैभन्दा उच्च हो, जबदेखि संस्थाले मृत्युदण्डसम्बन्धी तथ्याङ्क सङ्कलन गर्न थालेको हो ।
मानवअधिकारकर्मीहरूको भनाइमा, पछिल्ला वर्षहरूमा देखा परेका विरोध–प्रदर्शन तथा इजरायलसँगको द्वन्द्वपछि इरानले मृत्युदण्डलाई अझ तीव्र रूपमा प्रयोग गर्दै आएको देखिएको छ ।
इरान मानव अधिकारका निर्देशक महमूद अमीरी–मोगहद्दमले भने, “अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक प्रतिक्रिया नआएको अवस्थामा, इरानमा मृत्युदण्ड दिनप्रतिदिन विस्तार भइरहेको देखिन्छ । यो अवस्था मानव अधिकारका दृष्टिले गम्भीर चिन्ताको विषय हो ।”
संस्थाले संयुक्त राष्ट्रसङ्घ लगायत अन्तर्राष्ट्रिय निकायलाई मृत्युदण्डको यस प्रवृत्तिलाई मानवताविरुद्धको अपराध को रूपमा गम्भीरतापूर्वक हेर्न आग्रह गरेको छ ।
इरानी संस्थाका अनुसार झन्डै ५० प्रतिशत मृत्युदण्ड मादक पदार्थसम्बन्धी गैर–घातक अपराधमा दिइएका छन् ।
यस वर्ष मृत्युदण्ड पाउनेमध्ये २८ जना महिला रहेका छन्, जसमध्ये धेरैजसोले आफूलाई हिंसा गर्ने वा जबरजस्ती विवाह गरिएका श्रीमानको हत्या गरेको आरोपमा सजाय भोगिरहेका थिए ।
मानवअधिकार समूह एमनेस्टी इन्टरनेशनललगायत संस्थाहरूका अनुसार, इरान विश्वको दोस्रो सबैभन्दा बढी मृत्युदण्ड दिने देश हो ।
एमनेस्टीले हालै प्रकाशित प्रतिवेदनमा इरानमा मृत्युदण्डको प्रयोग ‘डर लाग्दो अवस्थामा पुगेको’ भन्दै निष्पक्ष सुनुवाइविना थुप्रै नागरिक मृत्युदण्डको जोखिममा रहेको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण