फ्लोरिडामा ट्रम्पलाई मार्न खोजेको आरोपमा एक व्यक्ति दोषी ठहर
सारांश
- फ्लोरिडाको गल्फ कोर्समा डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको अभियोगमा रायन रौथ दोषी ठहरिएका छन्।
- सन् २०२४ सेप्टेम्बरमा ट्रम्प गल्फ खेलिरहेको बेला रौथले गोली चलाएका थिए र उनलाई पक्राउ गरिएको थियो।
- फैसलापछि रौथले आत्महत्याको प्रयास गरेका थिए र ट्रम्पले कानुन प्रवर्तन निकायलाई धन्यवाद दिए।
फ्लोरिडा । गत वर्ष सेप्टेम्बरमा फ्लोरिडाको एक गल्फ कोर्समा राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको अभियोगमा रायन रौथ दोषी ठहर भएका छन्।
५९ वर्षीय रौथलाई राष्ट्रपतिका एक प्रमुख उम्मेदवारको हत्या प्रयास र विभिन्न बन्दुकसम्बन्धी अपराधलगायत सबै आरोपमा अदालतले दोषी ठहर गरेको हो।
यो घटना सन् २०२४ सेप्टेम्बर १५ मा भएको थियो, जब तत्कालीन राष्ट्रपतिका उम्मेदवार ट्रम्प वेस्ट पाम बिचमा रहेको आफ्नै गल्फ कोर्समा गल्फ खेलिरहेका थिए। यो ठाउँ उनको मार-ए-लागो निवासबाट करिब १५ मिनेटको दूरीमा छ।
अमेरिकी गुप्तचर सेवाका एक एजेन्टले झाडीबाट राइफलको नाल बाहिर निस्केको देखेपछि गोली चलाए। त्यसपछि, राइफल समातेको व्यक्ति, जसलाई पछि रौथको रूपमा पहिचान गरियो, घटनास्थलबाट भागेका थिए । उनलाई केही बेरमै नजिकैबाट पक्राउ गरियो।
सीबीएस न्यूजका अनुसार फैसला सुनाएपछि रौथले आफैँलाई हानि पुर्याउने प्रयास गरे। अमेरिकी मार्सलहरूले हस्तक्षेप गर्नुअघि उनले कलमले आफैँलाई छुरा हान्ने प्रयास गरेको बताइएको छ।
फैसला आएलगत्तै एक सामाजिक सञ्जाल पोस्टमा ट्रम्पले कानुन प्रवर्तन निकाय र रौथको गिरफ्तारीमा सहयोग पुर्याउने एक साक्षीलाई धन्यवाद दिएका छन्।
ट्रम्पले रौथबारे भनेका छन्, ‘उनी एक दुष्ट व्यक्ति थिए जसको दुष्ट मनसाय थियो। यो अमेरिकी न्यायका लागि धेरै ठुलो क्षण हो!’
महान्यायाधिवक्ता पामेला बोन्डीले भनिन्, ‘यो हत्याको प्रयास हाम्रो राष्ट्रपतिको मात्र नभई हाम्रो राष्ट्रमाथिकै आक्रमण थियो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण