केही दिन अनावश्यक फोन र मेसेज नगर्नु : मन्त्री पुन
बुधबार, ०८ असोज २०८२, ०८ : ५३
सारांश
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले केही दिन फोन र मेसेज नगर्न आग्रह गरेका छन्।
- मन्त्री पुनले मन्त्रालयमा गतिलो टिम बनाउन व्यस्त रहेको बताएका छन्।
- नवनियुक्त मन्त्री पुन मंगलबारदेखि कार्यकक्षमै शयन कक्ष बनाएर काममा जुटेका छन्।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले केहि दिनको लागि अनावश्यक फोन र मेसेज नगर्न आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्– अस्तिदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौँ कल र मेसेज आई रहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सृजनशील टिम बनाउन व्यस्त छु। त्यसैले केहि दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला।
सोमबार मन्त्री नियुक्त भएका पुन मंगलबारदेखि कार्यकक्षमै शयन कक्ष तयार पारेर काममा जुटेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण