अमेरिका क्रिकेट आईसीसीको निलम्बनमा
बुधबार, ०८ असोज २०८२, १० : ५२
सारांश
- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आन्तरिक विवादका कारण अमेरिका क्रिकेटलाई निलम्बन गरेको छ।
- निलम्बनले टी-ट्वाटी विश्वकप वा ओलम्पिकमा अमेरिकाको सहभागितालाई असर गर्ने छैन।
- युएसएसीलाई स्वतन्त्र निर्वाचन र सुशासन सुधारका लागि चेतावनी दिइएको थियो।
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले अमेरिका क्रिकेट (युएसएसी) लाई निलम्बन गर्ने निर्णय गरेको छ । आन्तरिक कलह, नेतृत्व विवाद र सुशासन संकटका कारण युएसएसीलाई निलम्बन गर्ने निर्णय भएको हो ।
मंगलबार बसेको बोर्डको भर्चुअल बैठकले अमेरिकन क्रिकेटमा ‘रिसेट’ बटन दबाएको हो । तर, निलम्बनले फेब्रुअरीमा भारत र श्रीलङ्कामा हुने टी–ट्वाटी विश्वकप वा २०२८ को लस एन्जेलस ओलम्पिक खेलमा अमेरिकाको सहभागितामा भने कुनै असर पार्ने छैन ।
यसअघि गत जुलाईमा भएको आइसीसीको वार्षिक साधारण सभामा युएसएसीलाई तीन महिनाभित्र स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने र व्यापक सुशासन सुधार लागू गर्न चेतावनी दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण