७ हजार ३ सय कैदीबन्दी अझै कारागार बाहिर
सारांश
- जेनजी प्रदर्शनको क्रममा देशभरका कारागार र बाल सुधार गृहबाट १४ हजार ५५६ कैदीबन्दी फरार भए।
- फरार भएका मध्ये ७ हजार १८७ जना कैदीबन्दी फर्किएका छन् भने अझै ७ हजार ३६८ जना फरार छन्।
- प्रशासनले फरार कैदीबन्दीलाई फिर्ता ल्याउने प्रयास गरिरहेको छ, जसमा नख्खु कारागारबाट रास्वापा सभापति रवि लामिछाने निस्केपछि देशभर कैदीबन्दी भागेका थिए।
काठमाडौँ । जेनजी प्रदर्शनमा २८ वटा कारागार र ९ वटा बाल सुधार गृहबाट कैदीबन्दीहरु फरार भएका थिए । प्रदर्शनको क्रममा नाबालक बन्दीसहित १४ हजार ५५६ जना कैदीबन्दी फरार भएका थिए । तिमध्ये आफैं उपस्थित भएका र पक्राउ परेर ७ हजार १८७ जना कारागार फिर्ता भैसकेका छन् ।
बालसुधार गृह र कारागारबाट फरार भएका ७ हजार ३६८ कैदीबन्दी अझै कारागार बाहिर छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले फिर्ता आउन बाँकी कैदीबन्दीलाई फिर्ता ल्याउने प्रयास भइरहेको बताए । अहिले देशभरका कारागार र सुधार गृहमा २२ हजार ८६१ जना कैदीबन्दी छन् ।
जेनजी प्रदर्शनको क्रममा नख्खु कारागारबाट रास्वापा सभापति रवि लामिछाने निस्केपछि देशभरबाट कैदीबन्दीले जेल तोडेर निस्केका थिए । जेल तोड्न रोक्ने क्रममा नेपाली सेनाले बल प्रयोग गर्दा १० जनाको मृत्यु भएको छ ।
जेनजी प्रदर्शनमा अवसर पाए पनि १५ हजार १६२ जना कैदीबन्दी भागेनन् । गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे र निर्माण व्यवसायी सङ्घका तत्कालीन अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न मुख्य योजनाकार समिरमान सिंह बस्नेत भागेनन् । बस्नेत कारागारबाट नभागेको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईंले रातोपाटीलाई बताए । मनाङे डिल्लीबजार कारागारमा छन् ।
कैदी भागेका कारागार र सुधार गृह
१. झुक्का
२. सोलुखुम्बु
३. सप्तरी
४.महोत्तरी
५.रौतहट
६.सिन्धुली
७. नख्खु
८.जगन्नाथदेवल
९. डिल्लीबजार
१०. मकवानपुर
११. रसुवा
१२. चितवन
१३. तनहुँ
१४. कास्की
१५ .पर्वत
१६. म्याग्दी
१७. कपिवलस्तु
१८. तुलसीपुर
१९. नौबस्ता
२०. रुकुम पश्चिम
२१. नवलपरासी
२२. जुम्ला
२३. बझाङ
२४. कैलाली
२५. दार्चुला
२६. बैतडी
२७. डडेल्धुरा
२८. कञ्चनपुर
सुधारगृहतर्फ :
१. मोरङ
२. पर्सा
३. भक्तपुर
४. मकवानपुर
५. कास्की
६. रुपन्देही
७. जयन्दु
८. नौबस्ता
९. डोटी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण