मनास्लु आरोहण गर्ने नेपालकै कान्छी आरोही छिरिङ
बुधबार, ०८ असोज २०८२, २१ : ३२
सारांश
- २२ वर्षीया छिरिङ डिकी लामा मनास्लु आरोहण गर्ने नेपालकै कान्छी आरोही बनिन्।
- उनले सोमबार बिहान बेसक्याम्पबाट प्रस्थान गरी मंगलबार बिहान मनास्लुको शिखर चुमेकी थिइन्।
- छिरिङले पायोनियर एड्भेञ्चर कम्पनीमार्फत ८,१६३ मिटर अग्लो मनास्लु हिमालको आरोहण गरिन्।
गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँकी २२ वर्षीया छिरिङ डिकी लामा मनास्लु आरोहण गर्ने नेपालकै कान्छी आरोही बनेकी छन् । लामाकी आफन्त एवं आरोही नाङ्सल छोदेनका अनुसार यसअघि १९ वर्षीया विदेशी युवतीले मनास्लु आरोहण गरिसकेकी छन् ।
नेपाल मनास्लु आरोहण गर्नेमा भने छिरिङ डिकी हालसम्मकै कान्छी रहेको नाङ्सलले जानकारी दिइन् । सोमबार बिहान ६ बजे बेसक्याम्पबाट प्रस्थान गरेकी छिरिङले मङ्गलबार बिहान १०ः५० बजे मनास्लुको शिखर चुमेकी उनको भनाइ छ ।
छिरिङले पायोनियर एड्भेञ्चर कम्पनी प्रालिमार्फत आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहण गरेकी हुन् । उनी गाउँघरमै घरायसी काम गरेर बस्ने किशोरी हुन् ।
उनीसँगै मनास्लु आरोहण गर्ने सामागाउँका चार जना रहेका छन् । यसअघि सामागाउँका डिकील्हामु, मिङ्मार छिरिङ र नाङ्सल छोदेनले मनास्लु आरोहण गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण