शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
माैसम पूर्वानुमान

मनसुनी वायु कमजोर बन्यो, देशभर स्थानीय वायुको प्रभाव, यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

बिहीबार, ०९ असोज २०८२, ०६ : ०८
बिहीबार, ०९ असोज २०८२

सारांश

  • मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव कमजोर छ।
  • कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही चट्याङसहित वर्षा भइरहेको छ।
  • कोशी र बागमती प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ, सतर्क रहनुहोला।

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहेको छ। 

बागमती र गण्डकी प्रदेशको केही तथा कोशी, मधेस र लुम्बिनी प्रदेशको थोरै स्थानहरू तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप