शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

बिहीबार, ०९ असोज २०८२, ०६ : २७
बिहीबार, ०९ असोज २०८२

सारांश

  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज प्रज्ञा भवनमा बस्ने भएको छ।
  • बैठकमा अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश हुनेछ र विशेष महाधिवेशनबारे छलफल हुनेछ।
  • फागुन २१ गते आम निर्वाचन, पार्टी एकता, राहत र पुनर्निर्माण लगायतका एजेन्डामा छलफल हुनेछ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बिहान ११ बजे प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु हुनेछ । 

यसअघि बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेस गर्ने, प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा बैठकमा छलफल हुनेछ । 

यसैगरी फागुन २१ गते आम निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध लगायतका एजेन्डामा बैठकमा छलफल हुनेछ । 

जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली दिने कार्यक्रम समेत एजेन्डामा समावेश गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप