तुइनखोला पहिरो हटाउन भोलिसम्म लाग्ने
सारांश
- नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोलामा गएको पहिरो शुक्रबार बिहानसम्म हटाउने अनुमान गरिएको छ।
- पानी परेका कारण पहिरो हटाउन ढिलाइ भएको र भोलि बिहान ११ बजेसम्म सडक सञ्चालनमा आउन सक्ने अनुमान छ।
- पहिरो १६० मिटर सडकमा खसेको थियो, जसले गर्दा १८ मिटर अग्लो पहाड बनेको छ र ३४ हजार ट्रक ढुंगा माटो रहेको अनुमान छ।
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइन खोला पहिरो हटाउन शुक्रबार बिहान सम्म लाग्ने अनुमान गरिएको छ । सडक डिभिजन भरतपुरले बुधबार साँझ पानी परेकाले आज पहिरो हटाउन सक्ने सम्भावना नभएको जनाएको हो ।
सडक डिभिजन भरतपुरका सूचना अधिकारी तथा इन्जिनियर कृष्णप्रसाद आचार्यले पहिरो पन्छाउन शुक्रबार बिहानसम्म लाग्ने बताए । उनले भने– ‘हिजो साँझ पानी नपरेको भए आज पहिरो हटाएर सञ्चालनमा ल्याउन सकिन्थ्यो । फेरि पानी परेन भने भोलि बिहान ११ बजेतिर सञ्चालन ल्याउन सकिन्छ कि भन्ने अनुमान छ ।’
अहिले ६ वटा उपकरण परिचालन गरिएको छ । दुई साइडबाट पहिरो पन्छाउने कार्य भइरहेको छ । तर एक साइडमा दुई वटा मात्र उपकरण प्रयोग गर्न सकिने भएकाले ढिला भएको उनको भनाइ छ ।
मंगलबार दिउँसो ४ः ५५ बजे मुग्लिनको तुइनखोला नजिकै ठुलो पहिरो गएको थियो । बुधबार बिहानैदेखि पहिरो हटाउने कार्य सुरु भएको थियो ।
१६० मिटर सडकमा पहिरो थुप्रिँदा १८ मिटर अग्लो पहाड बनेको थियो । उक्त पहिरोमा थुप्रिएको ढुंगामाटो ३४ हजार ट्रक भएको सडक विभागको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण