बेलायतमा जफत भएका नक्कली खेलौनामध्ये ९० प्रतिशत लाबुबुका
सारांश
- हालै विश्वभर लाबुबु डलको क्रेज बढेको छ, जसका कारण नक्कली डलको बिगबिगी बढेको छ।
- बेलायतमा ३५ लाख पाउन्ड बराबरको नक्कली खेलौना जफत भएको छ, जसमा ९० प्रतिशत लाबुबु डल छन्।
- वास्तविक लाबुबु डल महँगो हुने र नक्कलीमा हानिकारक रसायन भेटिएकाले पसल बन्द गरिएको छ।
लन्डन । पछिल्लो समय विश्वभर लाबुबु डलको क्रेज बढ्दो छ । यो डल बनाउने कम्पनीले माग धान्नै सकेको छैन । यस्तोमा नक्कली लाबुबु डलको बिगबिगी बढेको छ ।
बेलायतको सीमामा यो वर्षको अहिलेसम्मको अवधिमा जफत भएको ३५ लाख पाउन्ड मूल्य बराबरको नक्कली खेलौनामा लाबुबुको अनुपात ९० प्रतिशत रहेको बेलायतको गृह मन्त्रालयले जारी गरेको तथ्याङ्कले देखाएको छ । लाबुबु हङकङमा जन्मिएका आर्टिष्ट कासिङ लुङले बनाएका एउटा डरलाग्दो राक्षस पात्र हो ।
खेलौना बेच्ने स्टोर पप मार्टसँग सहकार्य गरेपछि उनको यो पात्र चीन हुँदै विश्व चर्चित भयो । पप मार्टले यो डल १५ वर्षभन्दा माथिका लागि भनेर बेच्छ । किशोरकिशोरी र बालबालिकामा पनि यो उत्तिकै लोकप्रिय छ । वास्तविक लाबुबु डल निकै महँगो पर्छन् । तर यस्ता नक्कली डल कमसल हुन्छन् अनि सस्तोमा पाइन्छ ।
नक्कली डलमा हानिकारक रसायन भेटिएको अधिकारीहरूले बताएका छन् । लाबुबु डल किन्न ग्राहकबीच कुटाकुट भएपछि पप मार्टले मेमा बेलायतमा रहेको आफ्ना १६ ओटै पसल बन्द गरेको थियो । अहिले कम्पनीले अनलाइन लटरीबाट मात्रै यो खेलौना बेचिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
-
लैङ्गिक हिंसाविरुद्ध एकीकृत कानुन बन्दै, मानव बेचबिखन नियन्त्रण ऐन संशोधन हुने
-
शहिद परिवारका १६ जनालाई प्राधिकरणमा रोजगारी
-
इनड्राइभमा यात्रा गर्दा विश्वकप फुटबल हेर्ने फ्री पास जित्ने मौका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण