मुग्लिन–नारायणघाट खण्डको विकल्प खोज्ने तयारी
काठमाडौँ । मुग्लिन नारायणघाट सडकमा बर्सेनि पहिरो खस्ने क्रम नरोकिएपछि यसको विकल्पमा तनहुँ र नवलपरासीको क्षेत्र हुँदै जाने विकल्पबारे छलफल सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले यो सडकको विकल्प खोज्नेबारे छलफल भएको बताएका हुन् ।
बिहीबार भएको पत्रकार सम्मेलनमा मन्त्री घिसिङले उक्त क्षेत्रमा सडकको ट्रयाक खनिइसकेको भए पनि पुलहरू समयमा बन्न नसक्दा अहिले विकल्पको रूपमा प्रयोग गर्न नसकिएको बताए । ती पुललाई छिट्टै नै सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।

‘फास्ट ट्रयाक बनेपछि ठुलो विकल्प खुल्छ, तर नारायणघाट मुग्लिनको सडकको सन्दर्भमा यसलाई दुई लेनमा विस्तार गर्नुभन्दा पारिपट्टिको विकल्प हुन सक्थ्यो कि भनेर छलफल भएको छ’ उनले भने ।
अहिले उक्त सडक खण्ड तिवन जिल्लामा पर्छ जुन भरतपुर हुँदै नारायणघाट जोडिन्छ । पारिपट्टि तनहुँ जिल्ला पर्छ । पश्चिमबाट आएको कालीगण्डकी–सेती नदी तरेपछि नवलपरासी पश्चिम सुरु हुन्छ । जुन देवघाट हुँदै गैँडाकोट जोडिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण