नेपाल नागरिक पार्टी दर्ता गर्न वरिष्ठ अधिवक्ता भण्डारीको निवेदन
सारांश
- वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नेपाल नागरिक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए।
- पार्टी ५४ सदस्य मिलेर स्थापना गरिएको हो, जसले नागरिकमा आशा र विश्वास जगाउने लक्ष्य राखेको छ।
- नयाँ पार्टी देशभक्ति, नागरिकतन्त्र र प्रगतिशीलताको सिद्धान्तमा विश्वास गर्दछ, र भ्रष्टाचारको विरोध गर्दछ।
काठमाडौँ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नयाँ राजनीतिक दल नेपाल नागरिक पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्। भण्डारीका अनुसार ५४ जना सदस्य मिलेर बिहीवार आयोगमा निवेदन दिइएको हो।
आयोगमा दर्ता नम्बर ४७७ मा दर्ता भएको र प्रक्रिया पूरा हुन केही समय लाग्ने उनले बताए। उनका अनुसार नागरिकमा आशा र विश्वास जगाउने र नागरिक र मुलुकबीच घनिष्ठ सम्बन्ध स्थापित गर्ने उद्देश्यले पार्टी स्थापना गरिएको हो।
देशभक्ति, नागरिकतन्त्र र प्रगतिशीलताको सिद्धान्तमा विश्वास गर्ने नागरिकहरू भेला भएर मूलधारको राजनीतिक दल गठन गरिएको उनको भनाइ छ।
भण्डारीले राजनीति सिद्धान्तनिष्ठ हुनुपर्ने भन्दै राजनीतिका नाममा भ्रष्टाचार गर्ने छुट कसैलाई नहुने टिप्पणी गरे। उनले २१ औँ शताब्दीमा गरिबी सह्य नहुने र राजनीति संविधानवादको सीमानाभित्र सीमित हुनुपर्ने धारणा राखे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण