सुशीला कार्की प्रधानमन्त्री बनेपछि उच्चस्तरका ६ कर्मचारीको सरुवा
सारांश
- केपी शर्मा ओलीले जेनजी आन्दोलनको दबाब थेग्न नसकेर प्रधानमन्त्री पदबाट राजीनामा दिए।
- पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ प्रधानमन्त्री नियुक्त गरियो, र उनले प्रतिनिधिसभा विघटनको सिफारिस गरिन्।
- कार्की नेतृत्वको सरकारले विभिन्न उच्च पदस्थ कर्मचारीको सरुवा गर्यो, जसमा जेनजी आन्दोलन दबाउन आदेश दिएका अधिकारीहरू पनि परेका छन्।
काठमाडौँ । जेनजी आन्दोलनको दबाब थेग्न नसकेर केपी शर्मा ओलीले भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिए । लगत्तै भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले बाधा अड्काउ अधिकार प्रयोग गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ प्रधानमन्त्री नियुक्त गरे ।
कार्कीले त्यसैदिन प्रतिनिधिसभाको विघटन र आगामी फागुन २१ गते निर्वाचन गर्न सिफारिस गरिन् । त्यसपछि आफ्नो काम सुरु गरेको कार्की नेतृत्वको सरकारले अहिलेसम्म उच्चस्तरका ६ कर्मचारीको सरुवा गरेको छ ।
सरुवा भएका ६ मध्य ५ जनाको असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले र एक जनाको गृहमन्त्री स्तरीय निर्णयबाट सरुवा गरिएको हो ।
सरुवा गरिएकामा चार सचिव र दुई सहसचिवस्तरका कर्मचारी छन् । यस्तै सरुवा हुनेमध्ये दुई जना त जेनजी आन्दोलनका क्रममा बल प्रयोग गर्न निर्देशन दिएका अधिकारीहरू समेत छन् ।
मन्त्रिपरिषद्ले तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडीलाई योजना आयोगमा र योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयमा सरुवा गर्यो । गृहसचिवमा रक्षा मन्त्रालयका तत्कालीन सचिव रामेश्वर दंगाललाई लगिएको छ ।
यस्तै बुधबारमात्रै गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई मन्त्रालयमा तानेर सहसचिव ईश्वरराज पौडेललाई काठमाडौँको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएका छन् ।
गृह सचिव दुवाडी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजालमाथि जेनजी आन्दोलन दबाउन प्रहरीलाई गोली प्रहार गर्न आदेश दिएको आरोप लागेको छ ।
त्यस्तै मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयका राजश्वसचिव दिनेश घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरेको छ । घिमिरेको ठाउँमा कसैलाई पनि ल्याइएको छैन ।
मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण