मन्थलीमा आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ आकर्षण बढ्दै
सारांश
- मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गराउनेको संख्या बढेको छ।
- चिकित्सालयले मन्थली अस्पतालको भवनबाट सेवा दिन थालेपछि सेवाग्राहीको संख्या बढेको हो।
- निःशुल्क सेवा र प्रभावकारी उपचारका कारण बिरामीको आकर्षण बढेको छ।
मन्थली । यहाँस्थित आयुुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । पहिले मन्थली नगरपालिका–१ घारी खहरेस्थित भाडाको घरबाट चिकित्सालयले सेवा प्रवाह गरेकामा हाल मन्थली अस्पतालको पुरानो भवनबाट सेवा प्रवाह गर्न थालेको छ ।
चिकित्सालयका सूचना अधिकारी हरिनारायण महतोकाअनुसार हाल जिल्लामा एक जिल्ला स्तरीय चिकित्सालयसहित विभिन्न नागरिक आरोग्य सेवा केन्द्र गरी कूल छ वटा सेवा कार्यालय सञ्चालनमा छन् । चालु आर्थिक वर्षमा दोरम्बा शैलुङ, लिखु तामाकोशी र उमाकुण्ड गाउँपालिकामा पनि एक/एकवटा नागरिक आरोग्य सेवा केन्द्र थपिने चरणमा छन । क्रमशः सबै सेवा केन्द्रमा विगतका तुलनामा सेवाग्राहीको सङ्ख्या वृद्धि भएको उनले बताए ।
चिकित्सालय र आरोग्य केन्द्रमार्फत उपचारात्मक सेवा अन्तर्गत नियमित स्वास्थ्य परीक्षण, पूर्वकर्म सेवा, अकुपञ्चर, फिजियो थेरापी, शिरोधारा, योग, प्रयोगशाला सेवा अन्तर्गत रगत, दिसापिसाब, परीक्षण, विशेषज्ञ सेवा अन्तर्गत पाइल्स र फिस्टुलाको लागि निःशुल्क शल्यक्रिया गरिने भएकाले बिरामीको आकर्षण बढ्दै गएको हो ।
अधिकांश सेवा निःशुल्कसहित प्रभावकारी भएकाले यसप्रति आकर्षण बढेको मन्थली नगरपालिका–२ का स्थानीय कुङ्गलाल तामाङले बताए । उनले भने-‘मैले कहीवर्ष अघि आमालाई काठमाडौँका अस्पतालमा लगेर उपचार गर्दा धेरै पैसा खर्च भए पनि निको भएन, तर यहाँ कम खर्चमा राम्रो उपचार भएकाले यहीँ आएर उपचार गर्ने गरेको छु ।’
मन्थली अस्पतालको भवनबाट सेवा दिन थालिएपछि सेवाग्राहीको सङ्ख्या वृद्धि भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका व्यवस्थापन समितिका अध्यक्ष नवराज घिमिरेले बताए । उनका अनुसार भाडाको भवनबाट दैनिक ५० जनाको सङ्ख्यामा मुस्किलले सेवा दिने गरेकामा हाल दैनिक एक सय भन्दा बढीको सङ्ख्यामा सेवाग्राही आउने गरेका छन् ।
अन्य स्वास्थ्य सेवा जस्तै यसलाई पनि प्राथमिकतामा राखेर योजना तर्जुमा गर्ने हो भने रोग लाग्नै नदिने खालका प्रवर्द्धनात्मक सेवा अझ बढी प्रभावकारी हुने स्थानीय बद्रीप्रसाद घिमिरे बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण