अर्थमन्त्री खनालले गरे स्थानीय विकास साझेदारहरूसँग छलफल
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले स्थानीय दातृ निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।
शुक्रबार हालै भएको राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्बन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका विषयमा विभिन्न देशका नेपाल स्थित राजदूतहरू, नेपाल स्थित संयुक्त राष्ट्र सङ्घीय एजेन्सीहरूका प्रमुख तथा प्रतिनिधिहरू, मिसनका प्रतिनिधिहरू र बहुपक्षीय तथा द्विपक्षीय विकास साझेदारका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल तथा अन्तरक्रिया गरेका हुन् ।
अर्थ मन्त्रालयका अनुसार बैठकमा अर्थमन्त्री खनालले विकास साझेदारहरूले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पुर्याउँदै आएकोमा धन्यवाद दिए ।
उनले दातृ निकायहरूलाई वर्तमान सरकारका तत्कालका प्राथमिकताहरू प्रकाश पारेका छन् । उनले नेपालमा हाल भएको परिवर्तन पश्चात् गठित अन्तरिम सरकार युवाहरूको चाहना अनुरूप पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार मुक्त समाज र विधिको शासन स्थापनामा प्रतिबद्ध रहेको बताए ।
आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठुलो आर्थिक क्षति भएको उल्लेख गर्दै अर्थमन्त्री खनालले अनुपयुक्त खर्च कटौती र मितव्ययिताका माध्यमबाट पुनर्निर्माण अघि बढाइने र आर्थिक सुधारका कार्यक्रम लाई तीव्रता दिइने उल्लेख गरे ।
कार्यक्रममा विकास साझेदारहरूको तर्फबाट संयुक्त राष्ट्र सङ्घीय आवासीय संयोजक, यूएनएचसिआरका प्रतिनिधि, नेपालका लागि जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीट्जरल्याण्ड, फिनल्याण्ड र अस्ट्रेलियाका राजदूतहरू, भारत र नर्वेका प्रतिनिधिहरू, युरोपियन युनियन, विश्व खाद्य कार्यक्रममा प्रतिनिधि लगायतले आफ्नो धारणा राखेका थिए ।
उनीहरुले नेपालको वर्तमान अवस्था प्रति जानकार रहेको र वर्तमान सरकारले लिएका नीति तथा कार्यक्रम प्रति सहमति जनाएका छन् ।
विकास साझेदारहरूले चालू रहेका आयोजनाहरूलाई निरन्तरता दिने र थप कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्न सधैँ तयार रहेको प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण