सवारी खरिदमा ८० प्रतिशत ऋण दिने व्यवस्था कार्यान्वयनमा
शुक्रबार, १० असोज २०८२, १४ : २३
काठमाडौँ । जेनजी आन्दोलनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानले गाडी किन्दा ८० प्रतिशतसम्म ऋण पाउने व्यवस्था कार्यान्वयनमा आएको छ । सरकारले ल्याएको आर्थिक राहतको प्याकेज अनुसार राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
सरकारले गत आइतबार सार्वजनिक गरेको राहत प्याकेजमा प्रभावित उद्योगलाई यस्तो सुविधा दिइएको थियो ।
हाल कुल मूल्यको ६० प्रतिशत मात्रै ऋण पाउने व्यवस्था छ भने कम्तीमा ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्छ ।
अटो व्यवसायीले भने प्रभावित उद्योगलाई मात्रै नभएर सबैलाई लोन–टू–भ्यालु रेसियो ८० प्रतिशत कायम गर्नुपर्ने माग गर्दै आएका छन् । यो निर्णयको भने उनीहरूले स्वागत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण