सुरक्षा निकायलाई ८५ वटा दुईपांग्रे सवारी साधन दिने बागमती सरकारको निर्णय
सारांश
- बागमती प्रदेश सरकारले प्रहरीका लागि ८५ वटा दुई पाङ्ग्रे सवारी साधन उपलब्ध गराउने निर्णय गरेको छ।
- जेनजी आन्दोलनका कारण सवारी साधनमा क्षति पुगेपछि सुरक्षा चुनौती बढेकोले यो निर्णय लिइएको हो।
- दसैँ, तिहार जस्ता चाडपर्वमा सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै यी सवारी साधन परिचालन गरिनेछ।
हेटौँडा । बागमती प्रदेश सरकारले बागमती प्रदेश इलाका प्रहरी कार्यालय, उपत्यका प्रहरी र उपत्यका ट्राफिक प्रहरीका लागि ८५ वटा २ पाङ्ग्रे सवारी साधन उपलब्ध गराउने निर्णय गरेको छ ।
सरकारले जेनजी आन्दोलनका क्रममा बागमती प्रदेश प्रहरी अन्तर्गतका सवारी साधनमा ठुलो क्षति पुगेपछि सुरक्षामा चुनौती सिर्जना भएको भन्दै ती सवारी साधन उपलब्ध गराउने भएको प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।
उनका अनुसार प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार चाडपर्वको बेला सुरक्षा संवेदनशील हुने भएकाले इलाका प्रहरी कार्यालयका लागि ३० वटा, उपत्यका प्रहरी कार्यालयका लागि ३० वटा र उपत्यका ट्राफिक प्रहरीका लागि २५ वटा गरी जम्मा ८५ वटा दुई पाङ्ग्रे सवारी साधन उपलब्ध गराइने भएको हो ।
मन्त्री तामाङले आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रहरीका सवारी साधनले सेवा प्रवाह प्रभावित भएकाले नयाँ सवारी साधन वितरणपछि सुरक्षामा सहज हुने अपेक्षा गरिएको बताए ।
प्रदेश सरकारले दिएको यी सवारी साधन तत्कालै सम्बन्धित इकाइमा पठाइने र विशेष गरी दसैँ, तिहारलगायतका चाडपर्वमा सुरक्षा व्यवस्थामा खटाइने मन्त्री तामाङको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण