व्यापारी भन्छन्- ‘फेरि सडक अवरुद्ध भए काठमाडौँमा मासुको माग पूरा गर्न सक्दैनौँ’
सारांश
- यस वर्ष खाद्य व्यवस्था कम्पनीले खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएपछि निजी क्षेत्रले काठमाडौं उपत्यकामा खसीबोका ल्याएका छन्।
- धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, दोलखालगायतका जिल्लाबाट खसीबोका ल्याइएको छ, तर सडकको अवस्थाका कारण केही खसीबोका मरेका छन्।
- बजारमा खसीको मासु प्रतिकेजी ६७० देखि ७३० रुपैयाँ र बोकाको ६५० देखि ७३० रुपैयाँसम्म रहेको छ।
काठमाडौँ । निजी क्षेत्रबाट ल्याइएका खसी, बोका र च्याङ्ग्राहरुले यस पटकको दसैँमा काठमाडौँ उपत्यकाको माग थेग्न समस्या पर्ने बाध्यता छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष दसैँमा खसी, बोका, च्याङ्ग्रा विक्री नगर्ने भएसँगै काठमाडौँ उपत्यकामा निजी क्षेत्रले भित्र्याएका खसी बोकाहरू बजारमा बिक्री भइरहेका छन् । काठमाडौँको टुकुचा खसी बजार, कलंकीस्थित खसी बजार, भृकुटीमण्डप लगायतका स्थानहरूमा व्यापारीहरूले विभिन्न स्थानबाट ल्याएका खसीबोकाहरु देख्न सकिन्छ ।
धादिङ, नुवाकोट, काभ्रेपलान्चोक, दोलखा लगायतका जिल्लाहरूबाट व्यापारीहरूले खसी, बोकाहरू काठमाडौँ ल्याएका छन् । जेन—जी आन्दोलनका क्रममा सरकारी सम्पतीमाथि भएको आगजनी, तोडफोडबाट भौतिक संरचनाहरू ध्वस्त भएसँगै लिमिटेडले यस वर्ष सरकारी स्तरबाट खसी, बोका, च्याङ्ग्रा विक्री नगर्ने निर्णय गरेको छ ।
तर बजारमा निजी क्षेत्रबाट ल्याइएका खसी बोकाहरू उपलब्ध हुने र व्यापारीहरूले मूल्य बढाउनसक्ने भएकाले अनुगमन जारी रहने बताएको छ । यसबाट आम उपभोक्तालाई केही असर पर्ने देखिएपनि निजी क्षेत्रले जटिल अवस्थामा सहयोग गर्ने विश्वास सरकारको छ ।
कम्पनीले यसअघि करिब १ हजार ५ सय खसीबोका र ३ सय च्याङ्ग्रा आपूर्ति गरी सुपथ मूल्यमा विक्री गर्ने तयारी गरेको थियो । तर अशान्त परिस्थिति र यातायात सहज नहुन सक्ने जोखिमका कारण विक्री नगर्ने निर्णय लिइएको हो । यद्यपि खाद्यले दशैंका लागि आवश्यक खाद्यान्न र अन्य सामग्री भने सुपथ पसलमार्फत विक्री वितरण सुरु गरिसकेको छ ।
दसैँका लागि टुकुचा खसी बजार, हरिहर भवनस्थित पशु सेवा विभागको चाडपर्व लक्षित पशुपंक्षी बजार सञ्चालनमा रहेका छन् । कलंकीको खसी बजारका व्यवस्थापन समितिका व्यवस्थापक जीवनराज खतिवडा कलंकी खसी बजारमा विगत ३१ वर्षदेखि सञ्चालनमा रहेको र खाद्यले समेत खसी बोका विक्री नगरेसँगै चुनौति थपिएको बताए ।
त्यसलाई मध्यनजर गर्दै काठमाडौँवासीलाई सहज र सुलभ तरिकाले उपलब्ध गराउने भन्नेबारेमा तल्लीन रहेको उनले बताए । काठमाडौँको माग पूरा गर्न देशका विभिन्न ३५ जिल्लाहरूबाट खसीबोका ल्याइरहेको छ । पहिरो र सडकको अवस्थाले सय भन्दा बढी खसी, बोकाहरू सडकमै मरेको उनले बताए ।
अघिल्लो वर्षको तुलनामा खसी, बोकाको मूल्य खासै नबढेको उनले बताए । विगत वर्षहरूमा पनि खाद्यको भन्दा सस्तोमा खसी, बोका उपलब्ध गराएको उनको दाबी छ ।
गत वर्ष करिब २५ हजार खसीबोका, दसैँमा विक्री भएको र अहिले पनि त्यहीअनुसारको व्यवस्थापन मिलाइएको खतिवडाले बताए । फेरि पनि सडक अवरुद्ध भएको खण्डमा उपत्यकाको माग पूरा गर्न नसक्ने अवस्था रहेको उनले बताए ।
खसी बजारमा जिउँदो खसीको मासु प्रतिकेजी ६ सय ७० रुपैयाँदेखि ७ सय ३० रुपैयाँसम्म रहेको छ । त्यस्तै जिउँदो बोकाको मूल्य प्रतिकेजी ६ सय ५० देखि ७ सय ३० सम्म रहेको छ । त्यस्तै जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकेजी १ हजार २ सय ४० देखि १ हजार ३ सय रुपैयाँसम्म रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण