आन्दोलनपछि गृहनगर पुगेका नेता निधिद्वारा आगलागी स्थलहरूको अवलोकन
जनकपुरधाम । जेनजी आन्दोलनपश्चात पहिलोपटक गृहनगर धनुषा आइपुगेका नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले शनिबार आन्दोलनका क्रममा आगो लगाइएका विभिन्न स्थलहरूको अवलोकन गरेका छन् ।
आज जनकपुरधाम आएका नेता निधिले सबैभन्दा पहिले धनौजी गाउँपालिकामा गएर पूर्व गाउँपालिका अध्यक्ष बद्री सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।
त्यसपछि उनी मधेस प्रदेशसभा भवन पुगेर आन्दोलनका क्रममा आगो लगाएर क्षति पुर्याइएका स्थानहरूको अवलोकन गरेका छन् ।
निधिले आजै आन्दोलनमा क्षति भएका नेपाली कांग्रेस जिल्ला कार्यसमिति कार्यालय, मधेस प्रदेश कार्यालय, नेकपा एमाले नेता एवं पूर्वमन्त्री रघुवीर महासेठको निवास, कांग्रेस नेता एवं पूर्वमन्त्री महेन्द्र यादवको घर, एमाले नेता दिपेन्द्र ठाकुरको घर, कांग्रेस नेता रामकृष्ण यादवको घरलगायत विभिन्न स्थल अवलोकन गरेका छन् ।
नेता निधि जनकपुरधाम मिल्स एरियास्थित आफ्नै निवासमा केही समय बिताएर उनले आजै साँझ काठमाडौँ फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण