बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नेपाली काँग्रेस

काँग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम नगर्ने

आइतबार, १२ असोज २०८२, ०५ : ३०
आइतबार, १२ असोज २०८२

सारांश

  • नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको अवसरमा गर्ने चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम स्थगित गरेको छ।
  • भदौ २३ र २४ गतेको राजनीतिक घटनाक्रमले मुलुक शोकमा डुबेकाले कार्यक्रम नगर्ने निर्णय गरेको हो।
  • आन्दोलनका क्रममा ७२ जनाभन्दा बढीको ज्यान गएको र विभिन्न सरकारी तथा निजी भवनमा क्षति पुगेको थियो।

काठमाडौँ। नेपाली काँग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ।

वि.सं. २०३३ सालमा निर्वासनबाट फर्किएका जननायक बी.पी. कोइरालाले ल्याएको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’को नीतिपश्चात् काँग्रेसले निरन्तर रूपमा यो कार्यक्रम गर्दै आएको थियो। तर, भदौ २३ र २४ गतेको अकल्पनीय राजनीतिक घटनाक्रमले मुलुकलाई गहिरो शोकमा डुबाएको भन्दै काँग्रेसले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

आन्दोलनका क्रममा ७२ जनाभन्दा बढीले ज्यान गुमाउनुका साथै राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय, संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालयहरू, पार्टीका ऐतिहासिक भवनहरू, व्यावसायिक प्रतिष्ठानहरूमा आक्रमण, लुटपाट र आगजनी भएको साथै पार्टी सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहित नेतामाथि समेत सांघातिक आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ।

“यो विषम परिस्थितिमा हामी देशभक्त नेपाली नागरिकबिच थप राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता छ,” काङ्ग्रेसद्वारा जारी सूचनामा भनिएको छ। पार्टीका अनुसार, कार्यालयमा समेत आगजनी र ध्वंससहितको अवस्थाले मुलुक शोकमा डुबेका कारण यस वर्षको चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको हो।

Asoj 11, Tea Party postpond_cancel

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप