अपडेट
सल्यानमा गाडी दुर्घटना, तीन जनाको मृत्यु
आइतबार, १२ असोज २०८२, ०८ : ०३
सारांश
- सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
- दुर्घटनामा परि दुई महिला र दुई पुरुष घाइते भएका छन्, जसलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ।
- दुर्घटना सल्यानको कपूरकोट गाउँपालिका ३, चोरखोलामा भएको थियो, जसमा गाडी ३००-४०० मिटर तल खसेको थियो।
सुर्खेत । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष छन् ।
उनीहरूको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीले रातोपाटीलाई बताए।
आइतबार बिहान करिब ८:४० बजे सल्यानको कपूरकोट गाउँपालिका ३, चोरखोलामा राप्ती राजमार्गमा लु २ ख ६४०२ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब ३००,४०० मिटर तल खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका २ महिला र २ पुरुषलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।
घाइते हुनेहरूमा रुकुम पश्चिम, बाफिकोट गाउँपालिका ५ बस्ने ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी छन् । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेको अवस्था गम्भीर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण