पूर्वराजा ज्ञानेन्द्रले यसपाली सर्वसाधारणलाई टीका–जमरा नलगाउने
सारांश
- पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीमा सर्वसाधारणलाई टीका नलगाउने भएका छन्।
- उनले राष्ट्रको अवस्थालाई मध्यनजर गर्दै पारिवारिक र सांस्कृतिक रूपमा मात्रै दसैँ मनाउने बताए।
- उनले राज्य व्यवस्थामा सुधार र आधुनिक प्रविधिको प्रयोगमा जोड दिए।
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका अवसरमा यो वर्षको टीका तथा जमरा सर्वसाधारणलाई नलगाउने भएका छन् ।
आइतबार दसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले आफूले पारिवारिक र सांस्कृतिक रूपमा मात्र यो वर्षको दसैँ मनाउने प्रस्ट पारेका हुन् ।
‘यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ । त्यसैले पारिवारिक र सांस्कृतिक रूपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौँ,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैं हामीबाट बृहत् रूपमा टीका–जमरा प्रदान नहुने जानकारी गराउँदछौँ ।’
पूर्वराजा शाहले सबैको आशा, आकांक्षा र अभिलाषा हाम्रो उत्तरोत्तर विकास नै रहेको प्रस्ट पार्दै हाम्रो राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जनमनोभावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी रहेको जनाएका छन् ।
विकसित बन्दै गएको आधुनिक प्रविधी र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नैपर्ने पूर्वराजा शाहको भनाइ छ । भौतिक विकासलाई अघि बढाउँदै विश्व व्यवस्थामा बदलिँदै आएको राष्ट्रिय समाजको संरचनालाई अँगाल्नु पर्नेमा पनि उनले जोड दिएका छन् ।
नवदुर्गा भवानीले हामीलाई दिव्यपथतर्फ अग्रसर राखुन् भन्ने कामनासमेत उनले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण