मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
युनिटी कप

ऐतिहासिक जितले उत्साहित नेपाल, बदला लिने धुनमा वेस्ट इन्डिज

सोमबार, १३ असोज २०८२, ०६ : ३५
सोमबार, १३ असोज २०८२

सारांश

  • नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेल सोमबार हुँदैछ।
  • पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई हराएर इतिहास रचेको थियो, जसमा वेस्ट इन्डिज १९ रनले पराजित भयो।
  • यो शृङ्खला नेपालले १-० ले अग्रता लिएको छ, र अन्तिम खेल भोलि हुनेछ।

काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबिचको युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेल सोमबार हुँदैछ । यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुकी ८:१५ बजेदेखि सुरु हुनेछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । क्यानले हालै नेपालमा जेनजी आन्दोलन पछि देशको एकतालाई महत्त्व दिँदै उक्त नाम राखिएको बताएको छ । 

nepal cricket (1)

पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई हराएर इतिहास रचेको थियो । दुई पटकको विश्व विजेता टोली नेपालसँग १९ रनले स्तब्ध बनेको थियो । 

नेपालले टेस्ट राष्ट्रमाथि जित निकालेको पहिलो पटक हो । आज नेपालले आफ्नो जीतको लयलाई कायम राख्ने धुनमा रहनेछ भने वेस्ट इन्डिजले नमिठो हारको बदला लिने प्रयास गर्नेछ । 

३ खेलको शृङ्खलामा नेपाल १-० ले अघि रहेको छ । अन्तिम खेल भोलि खेलिनेछ ।

nepal cricket (2)

यस्तो छ नेपाली क्रिकेट टोली

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, मो। आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करन केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी र शहाब आलम ।

west indies

वेस्ट इन्डिजको टोली :

अकिल होसेन (कप्तान), फाबियन एलेन, ज्वेल एन्ड्र्यु, अकिम अगस्टे, नभिन बिडाइसे, जेडिया ब्लेड्स, केसी कार्टी, करिमा गोर, जेसन होल्डर, अमिर जांगो, कायल मायर्स, ओबेड म्याककोय, जिसान मोटारा, रेमन सिमन्ड्स र सामेर स्प्रिङगर ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप