फूलपातीको अवसरमा ‘मैझारो’को ‘तिमीलाई के थाहा सानु’ गीत सार्वजनिक
सारांश
- फिल्म 'मैझारो'को गीत 'तिमीलाई के थाहा सानु' सार्वजनिक गरिएको छ, जसमा धिरज मगर र मिरुना मगरको अभिनय रहेको छ।
- गीतमा अनमोल गुरुङ र अस्मिता अधिकारीको स्वर रहेको छ भने शब्द, संगीत र एरेन्ज अनमोल र रिकेश गुरुङले गरेका हुन्।
- विल्सन विक्रम राई निर्देशित फिल्म कार्तिक ७ गतेबाट अल नेपाल रिलिज हुनेछ, जसमा धेरै कलाकारहरूको अभिनय छ।
काठमाडौँ । फिल्म ‘मैझारो’मा समावेश गीत ‘तिमीलाई के थाहा सानु’ गीत सार्वजनिक गरिएको छ । फूलपातीको अवसर पारेर सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार धिरज मगर र मिरुना मगरको अभिनय देख्न सकिन्छ । गीतमा मिरुना र धिरजलाई प्रेमील जोडीको रूपमा देखाइएको छ ।
गीतमा अनमोल गुरुङ र अस्मिता अधिकारीको स्वर छ । गीतमा शब्द , संगीत गायक अनमोलकै रहेको छ भने एरेन्ज रिकेश गुरुङले गरेका हुन् ।
विल्सन विक्रम राई निर्देशित फिल्ममा धिरज, मिरुनाको अलवा दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय छ ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत दिएका छन् । आरआर फिल्मले वितरण गर्ने फिल्म कार्तिक ७ गतेबाट अल नेपाल रिलिज हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण