एकीकृत समाजवादीका दुई कार्यदल, के-के छन् जिम्मेवारी ?
सारांश
- नेकपा (एकीकृत समाजवादी)ले दुई कार्यदल गठन गरेको छ, जसमा आगामी निर्वाचन र विरोध प्रदर्शनका विषयमा अध्ययन गरिनेछ।
- घनश्याम भुसालको नेतृत्वमा आगामी निर्वाचनका लागि आवश्यक अध्ययन र छलफल गरी प्रस्ताव ल्याउन कार्यदल गठन गरिएको छ।
- राजेन्द्र पाण्डेको नेतृत्वमा विरोध प्रदर्शन र जन धनको क्षतिको अध्ययन गर्न अर्को कार्यदल गठन गरिएको छ।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले छुट्टाछुट्टै दुई कार्यदल गठन गरेको छ । आगामी निर्वाचनमा पार्टी कसरी अघि बढ्ने भनेर आवश्यक अध्ययन तथा छलफल गरी प्रस्ताव ल्याउन महासचिव घनश्याम भुसालको संयोजकत्वमा एक कार्यदल गठन गरेको अध्यक्ष माधवकुमार नेपालले हालै जारी गरेको अपानिमा उल्लेख छ ।
भुसाल नेतृत्वको कार्यदलमा उपमहासचिव तथा संसदीय विभाग प्रमुख गरिमा शाह, उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराई, सचिव तथा आर्थिक विभाग प्रमुख सोमप्रसाद पाण्डे, स्थायी कमिटी सदस्य विजय पौडेल, पोलिटब्युरो सदस्य तथा निर्वाचन विभाग प्रमुख दिलकुमारी पन्त, पोलिटब्युरो सदस्य तथा कानुन फाँट इन्चार्ज घनप्रसाद गौतम, पोलिटब्युरो सदस्य तथा कानुन विभाग प्रमुख देउमान सम्बाहाम्फे र केन्द्रीय कमिटी सदस्य केदार सन्जेल सदस्य रहेका छन् ।
त्यस्तै गत भदौ २३–२४ को विरोध प्रदर्शन र त्यसमा संलग्न व्यक्तिहरूका साथै जन धनको क्षतिको अध्ययन गरी प्रतिवेदन तयार गर्न वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा अर्को कार्यदल गठन गरेको छ ।
पाण्डे नेतृत्वको कार्यदलमा उपाध्यक्ष जगन्नाथ खतिवडा र उपमहासचिव मेटमणि चौधरी सदस्य रहेका छन् । यो पार्टीले वरिष्ठ नेता बेदुराम भुसालको संयोजकत्वमा पार्टी एकता वार्ता टोली पनि गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण