क्रिकेट
नेपालद्वारा वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य, आसिफ र सन्दीपको अर्धशतक
सोमबार, १३ असोज २०८२, २१ : ५५
सारांश
- आसिफ शेख र सन्दीप जोराको अर्धशतकले नेपालले वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य दियो।
- टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १७३ रन बनायो।
- पहिलो खेल जितेको नेपालको आजको खेल जित्दै सिरिज जित्ने योजना छ।
काठमाडौँ । आसिग शेख र सन्दीप जोराको अर्धशतकको सहयोगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य दिएको छ ।
शारजाह क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७३ रन बनायो ।
नेपालका लागि आसिफ शेख र सन्दीप जोराले अर्धशतकिय पारी खेले । ४७ बल खेलेका आसिफले ८ चौका र ४ छक्का प्रहार गर्दै ६८ रन बनाए ।
त्यस्तै ३९ बल खेलेका जोराले ३ चौका र १ चक्का प्रहार गरे ।
वेस्ट इन्डिजका लागि अकेल हुसेन र केलि मायर्सले दुई दुई विकेट लिए ।
नेपाल आजको खेलमा जित निकाल्दै सिरिज जित्ने योजनामा छ । सिरिजको पहिलो खेलमा नेपालले १९ रनको ऐतिहासिक जित निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण