ट्रम्पलाई साढे २४ मिलियन डलर तिर्दै छ युट्युब
वासिङटन डीसी । अमेरिकी भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लगभग २४ मिलियन डलर तिर्ने भएको छ ।
२०२१ को जनवरी ६ मा अमेरिकी क्यापिटल हिलमा भएको दंगापछि युट्युबसमेत कैयौं सामाजिक सञ्जालहरूले ट्रम्पको खाता निलम्बन गरेका थिए । त्यतिबेला युट्युबले पनि ट्रम्पको खाता निलम्बन गरेको थियो । यस कदमविरुद्ध ट्रम्प अदालतमा पुगेका थिए । सो मुद्दा राफसाफ गर्न अहिले आएर युट्युबले ट्रम्पलाई यतिका धेरै रकम तिर्ने सहमति जनाएको हो ।
सम्झौता युट्यूबको माउ कम्पनी अल्फोवेट र ट्रम्पबिच भएको हो ।
यसअघि नै सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिलेको ट्विटर) र फेसबुकले पनि खाता निलम्बन मामिलामा ट्रम्पलाई भुक्तानी गर्न सहमति गरेका थिए । ट्रम्पले सामाजिक सञ्जालहरूमाथि राजनीतिक पूर्वाग्रहको आरोप लगाएका थिए ।
यी कम्पनीहरूले २०२१ को क्यापिटल दंगापछि रुढिवादी आवाजहरूलाई अनुचित रूपमा सेन्सर गरेको उनको दाबी थियो । त्यतिबेला, सामाजिक सञ्जाल कम्पनीहरूले ट्रम्पको कार्यले अमेरिकामा थप हिंसा भड्काउन सक्छ भन्ने तर्क गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण