अफगानिस्तानमा बन्द भयो इन्टरनेट, देशभर टेलिकम सेवाहरू ठप्प
काबुल । तालिबानले अफगानिस्तानमा देशभर टेलिकम सेवाहरू बन्द गरेको छ ।
केही हप्ताअघि अनैतिकता रोक्ने नाममा फाइबर–अप्टिक इन्टरनेट जडानहरू काट्न थालिएको थियो । इन्टरनेट अनुगमन गर्ने संस्था नेटब्लक्सको रिपोर्ट अनुसार देश हाल पूर्ण रूपमा कनेक्टिभिटी ब्ल्याकआउटको अवस्थामा छ । राजधानी काबुलमा रहेको आफ्नो कार्यालयसँग सम्पर्क विच्छेद भएको एएफपी लगायत अन्तरराष्ट्रिय समाचार एजेन्सीले बताएका छन् ।
मोबाइल फोन सेवाहरू पनि ठप्प भएको बताइएको छ । अफगानिस्तानमा मोबाइल इन्टरनेट र स्याटेलाइट टिभी पनि गम्भीर रूपमा प्रभावित छन् । २०२१ मा सत्ता कब्जा गरेदेखि तालिबानले आफ्नो इस्लामिक शरिया कानुनअनुसार धेरै प्रतिबन्धहरू लगाएको छ । फाइबर–अप्टिक केबलहरूले अत्यन्तै छिटो डेटा स्थानान्तरण प्रदान गर्दछ र विश्वको धेरैजसो इन्टरनेट यसैमा आधारित छन् ।
सम्पूर्ण देश कनेक्टिभिटीविहीन भएको सटडाउनपछि अफगान समाचार च्यानल वान् टिभीका पूर्वप्रधान सम्पादक हमिद हैदरीले बताए । अफगानिस्तानले अब इन्टरनेट कटअफमा आधिकारिक रूपमा उत्तर कोरियालाई उछिनेको उनको भनाइ थियो ।
काबुल विमानस्थलमा उडानमा पनि अवरोध उत्पन्न भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । मंगलबार बिहान काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने वा त्यहाँबाट हुने भनिएको कम्तीमा आठ वटा उडान रद्द भएको फ्लाइटराडर २४ ले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण