विभिन्न स्थानमा सवारी दुर्घटना, चार जनाको मृत्यु
सारांश
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
- सुनसरी, लमजुङ, ओखलढुङ्गा र बारामा भएका दुर्घटनामा मानिसको ज्यान गएको छ।
- प्रहरीले दुर्घटनामा संलग्न चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ नडाहा चतरा जंगलस्थित सडकमा झण्डा चोकबाट नडाहा तर्फ जाँदै गरेको प्रदेश १–०२–०४६ प ४३३४ नम्बरको स्कुटर सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३५ वर्षीय कमल पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, लमजुङको राइनास नगरपालिका–३ नौबिसेस्थित सडकमा ग.२४ प १६३० नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भई दुर्घटना हुँदा २३ वर्षीय समिर ठकुरी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा सहोदर अस्पताल लमजुङमा उनको मृत्यु भएको हो ।
ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–४ केत्तुकेस्थित सडकमा सोमबार दिउँसो बा.५ ख ८२२९ नम्बरको बस र प्र.१–०७–००१ प ०६७४ नम्बरको मोटरसाइकल ठोक्किँदा २१ वर्षीय बिनोद कटवालको मृत्यु भएको छ । गम्भीर घाइते भएका कटवालको सामुदायिक अस्पताल ओखलढुङ्गामा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस घटनामा संलग्न बस चालकलाई नियन्त्रणमा लिइएको छ ।
त्यसैगरी, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ मालपोत चोकस्थित सडकमा मंगलबार दिउँसो बा.प्र.०१–०२५ च ६०७४ नम्बरको कारले ठक्कर दिँदा ७१ वर्षीया प्यारी साह गम्भीर घाइते भएकी थिइन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । सो कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले मंगलबार जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण