माओवादी नेता सुदन किरातीको यस वर्षको दसैँ : अशक्तलाई घरको छानो उपहार
सारांश
- सुदन किरातीले भूमिगत राजनीति गरेदेखि दसैँ परिवारसँग मनाएका छैनन्।
- यस वर्ष उनले भोजपुरका भरत राईको घरमा जस्ताको छानो लगाइदिने घोषणा गरेका छन्।
- किरातीले विगतका वर्षहरूमा विभिन्न सामाजिक कार्य गर्दै दसैँ मनाएका थिए।
काठमाडौँ । भूमिगत राजनीति गरेदेखि सुदन किरातीले दसैँ परिवारसँग मनाएका छैनन् ।
२०६४ सालमा पहिलो पटक संविधानसभा सदस्यमा भोजपुरबाट निर्वाचित भएपछि उनले हरेक वर्षको दसैँ खर्च र समय सामाजिक काममा लगानी गर्दै आएका छन् । यस वर्ष भने भदौ २३ र २४ को जेन्जी आन्दोलनले नेपालमा सत्ता परिवर्तन मात्र गरेन, सबै पार्टीको आन्तरिक जीवनमा समेत यसले हलचल ल्याएको छ । यतिबेला माओवादी पार्टीमा 'रूपान्तरणको चर्को बहस' गरिरहेका नेता किरातीले विगत वर्षको दसैँमा झैँ यस पटक आफ्नो निर्वाचन क्षेत्र जान पाएनन् ।
विगतमा दसैँका दिन सशरीर उपस्थित भएर गर्ने गरेका उनको सामाजिक कार्य यस वर्ष सामाजिक सञ्जाल फेसबुकमार्फत घोषणा गरेका छन् ।
उनले यस वर्ष भोजपुर नगरपालिका वडा नं –१ डाँडाबोखिम निवासी परिवारमा एक्लै रहेका भरत राईको घरमा जस्ताको छानो लगाइदिने घोषणा गरेका छन् । उनले भनेका छन्, 'हरेक वर्षको दसैँ खर्चले सामाजिक काम गर्दै आइरहेको छ । यो वर्ष पनि भोजपुर नपा–१ डाँडाबोखिम निवासी एक्लो अनि अपाङ्ग जीवन बिताइरहेका भरत राईको घरमा जस्ताको छानो लगाइदिने निर्णय गरेको छु ।ु पोहोर सालको दसैँमा भरतसँग हाम्रो भेट भएको थियो । कुराकानी गर्दा, उहाँको आत्मभित्र दुई ओटा कुरा पाएँः एउटा, पानी पर्दा घर चुहिने ठुलो चिन्ता र अर्को जस्ताको छानो लगाएर विवाह गर्ने जीवनको सपना ।ु अब कृपया कमेन्टमा 'बिहे पनि गरिदेउ' भनेर नलेखिदिनुहोला धन्यवाद ।'
सदाझैँ अगाडि नै घर बनाइदिनुपर्नेमा परिस्थितिले नसकिएको पनि उनले लेखेका छन् ।
यसभन्दा अघि २०८१ मा शहीद परिवारलाई घर निर्माण गरिदिएका उनले २०८० मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहँदा मैयुङका भेडा र चौरी पालक गोठवालाहरूलाई सम्मान गरेर दसैँ मनाएका थिए ।
त्यस्तै २०७९ मा अरुण गाउँपालिका स्थित एक विद्यालयमा सरसफाइ र रङ्गरोगन गरेर दसैँ मनाएका थिए, २०७८ मा भने रामप्रसादराई गाउँपालिका १ ओख्रेका दलित परिवारलाई सम्मान गरेर दसैँ मनाएका थिए ।
एवम् रितले उनले हरेक वर्ष समाजको पिँधमा रहेको जनतालाई सहयोग गर्दै उनीहरूसँगै दसैँ मनाउँदै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण