भारी वर्षा र सम्भावित विपदलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले भारी वर्षा र बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेकी छिन्।
- विपद व्यवस्थापनका लागि जिम्मेवार निकायहरूलाई उद्धार, राहत र पुनःस्थापनाका कार्यहरू प्रभावकारी बनाउन निर्देशन दिइएको छ।
- मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले असोज १७ गतेदेखि २० गतेसम्म विभिन्न प्रदेशमा हुने अनुमानित भारी वर्षा तथा सम्भावित बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेकी छन् ।
प्रधानमन्त्रीको तर्फबाट स्वकीय सचिवालयले जारी गरेको अपिलमा सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र डुबानमा पर्न सक्ने स्थानका नागरिकलाई सुरक्षित स्थानमा पूर्व तयारीसहित सार्न आग्रह गरिएको छ।
विशेषगरी गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा गम्भीर बिरामीलाई सुरक्षित स्थानमा सार्न सम्बन्धित निकायलाई विशेष तयारी गर्न निर्देशन दिइएको छ।
प्रधानमन्त्रीको सचिवालयले विपद व्यवस्थापनका लागि जिम्मेवार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश तथा जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक, गैर सरकारी संस्था तथा आपतकालीन कार्य सञ्चालन केन्द्रलाई आ–आफ्नो भूमिकामा सक्रिय रहन आग्रह गरेको छ। साथै उद्धार, राहत, पुनःस्थापना लगायतका कार्य प्रभावकारी ढंगले सम्पादन गरी विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणमा योगदान पुर्याउन सबै सरोकारवालालाई अपिल गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका कतिपय स्थानमा भारी तथा अति भारी वर्षा हुने देखिएको छ। यस अवधिमा नारायणी, वागमती, कमला, कोशी लगायतका प्रमुख नदी र तिनका सहायक नदीहरूमा पानीको सतह खतरातह नजिक पुग्ने सम्भावना रहेको चेतावनीमा उल्लेख छ। साथै मधेश प्रदेशका महाभारत र चुरे क्षेत्र हुँदै बग्ने साना नदी–नालामा आकस्मिक खहरे बाढी आउने जोखिम रहेको पनि जनाइएको छ।
काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लाका ससाना खोलानालामा पनि आकस्मिक रूपमा पानीको सतह बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण