बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान प्रभावित, केही उडान रद्द

शनिबार, १८ असोज २०८२, १० : ०९
शनिबार, १८ असोज २०८२

सारांश

  • खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरू प्रभावित भएका छन्।
  • लुक्ला जाने अधिकांश उडानहरू रद्द वा ढिला भएका छन्, जसमा समिट एयरका उडानहरू पनि परेका छन्।
  • मौसममा सुधार आएसँगै अन्य उडानहरू सञ्चालनमा ल्याइनेछ।

काठमाडौँ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विशेषगरी लुक्ला जाने अधिकांश उडानहरू रद्द वा डिले भएका छन्।

शनिबार बिहान ६ बजे तय भएका समिट एयरका उडान रद्द भएका छन् भने ७:२० मा तय भएको अर्को उडान पनि रद्द गरिएको छ। सिता एयर र तारा एयरका लुक्ला गन्तव्यका सबै उडान ‘मौसमी कारण’ देखाउँदै ढिला भएका छन्। बुद्ध एयर, यति एयरलाइन्स, नेपाल एयरलाइन्स र श्री एयरलाइन्सका अन्य गन्तव्यतर्फका उडान भने आंशिक ढिलाइसँगै भइरहेको देखिएको छ। 

बुद्ध एयरका भद्रपुर, भैरहवा, धनगढी, जनकपुर, विराटनगर, पोखरा र भरतपुर गन्तव्यका उडानमध्ये कतिपय ‘बोर्डिङ’ मा छन् भने केही ढिलो प्रस्थान भएका छन्। श्री एयरलाइन्सका सुर्खेत र नेपालगन्जतर्फका उडान पनि मौसमका कारण करिब दुई घण्टासम्म ढिलाइ भएको छ।

नेपाल एयरलाइन्सको इलाम गन्तव्यको नेपाल एयरलाइन्सको उडान ढिला भए पनि फाप्लु र खानीडाँडातर्फका उडान सम्पन्न भएको जनाइएको छ। विमानस्थलका अनुसार मौसममा सुधार भएसँगै अन्य उडान सञ्चालनमा ल्याइने छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप